दाङमा डेंगुले एकको मृत्यु, ४२ जना बिरामी

दाङमा डेंगुले एकको मृत्यु, ४२ जना बिरामी

दाङ : दाङमा डेंगुको संक्रमणले एक जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका-१ फुर्केसल्ली मलैकी २१ वर्षिया प्रतिक्षा बुढाको मुत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको बुढाका मामा अमर बुढाले जानकारी दिए ।

प्रादेशीक अस्पताल, राप्ती लाइफ केयर अस्पतालमा जाँच गराउँदासमेत रोग पत्ता नलागेपछि बुढालाई भदौ ७ गते उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो। डेंगुको उच्च जोखिममा रहेको दाङमा अहिलेसम्म ४२ जना डेंगुका बिरामी फेला परेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । 
जिल्ला स्वास्थ्य कार्यालय डेंगु रोग दाङका फोकल पर्सन कमल चन्दले बिरामीको संख्या दिनानु दिन बढिरहेको बताए । उनले हालसम्म १८ महिला र २४ पुरुषमा संक्रमण देखिएको जानकारी दिए। 

डेंगुका बिरामीहरूको घोराही र तुलसीपुरमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा उपचार भइरहेको छ । ‘डेंगु रोगको लक्षण देखिएका केहि बिरामी उपचारपछि घर फर्किएको र तीनको नियमित सम्पर्कमा रहेको फोकल पर्सन चन्दले बताए । जिल्लामा डेंगुको त्रास बढ्दा स्थानीय सरकार र सरोकारवालाले रोग नियन्त्रण र व्यवस्थापनमा चासो देखाएको छैन ।  

 ५ वर्ष देखि जोखिममा 

दाङ ५ वर्षदेखि नै डेंगुको उच्च जोखिममा रहेको जिल्ला हो । विगतका वर्षमा पनि जिल्ला जनस्वास्थ्यमार्फत सचेचनामूलक कार्यक्रम हुँदै आएको छ । डेंगुका कारण २०७२ सालमा दाङको गढवा गाउँपालिका गोबरडिहामा एक महिलाको मुत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । स्वास्थ्य कार्यालयकाअनुसार २०७३ सालमा ९ जना र २०७४ सालमा ८ जना डेंगु बिरामी फेला परेका थिए । 

डेंगु रोग नियन्त्रण र सचेतनाका लागि आवश्यक जिल्ला स्वास्थ्य कार्यालयमा बजेट नभएको कार्यालयले बताएको छ । बजेट नहुँदा नियन्त्रणजन्य गतिविधिमा सक्रिय हुने अवस्था नरहेको डेंगु रोग फोकल पर्सन कमल चन्दले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.