‘बाँचेकै छु जसोतसो’को भिडियो सार्वजनिक
काठमाडौं : लीला खतिवडाले ‘बाँचेकै छु जसोतसो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरिया रहेका खतिवडाले लेखेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।
निर्मल दियालीले संगीत गरेको गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन्। गीतमा बेनुप छेत्रीको स्वर छ। म्युजिक भिडियोमा ऋचा थापा, सुमन खतिवडा र अमर दिपले अभिनय गरेका छन्।
म्युजिक भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन्।