भारतमा डुंगा दुर्घटना हुँदा १२ हिन्दू तिर्थालुको मृत्यु
नयाँदिल्ली : भारतको मध्यप्रदेशस्थित तिर्थालुहरुले भरिएको डुंगा पल्टिँदा १२ जनाको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार शुक्रबार बिहान साढे ४ बजे दुर्घटना भएको थियो । भोपालस्थित एक तलाउमा हिन्दूहरुका भगवान गणेशको मूर्ति विसर्जन गर्न जाँदै गर्दा २० भन्दा धेरै यात्रु भएको डुंगा पल्टिएको हो ।
प्रदेश सरकारका सञ्चारमन्त्री पिएस शर्माका अनुसार हिन्दूहरुको आस्थाको चाड गणेश चतुर्थी मनाउने क्रममा तिर्थालुहरु तलाउमा गणेशको प्रतिमा सेलाउन गएका थिए ।