राष्ट्रपति वसन्तपुर नपुग्दै पूर्वडीआइजी र मेजर किन समातिए ?

राष्ट्रपति वसन्तपुर नपुग्दै पूर्वडीआइजी र मेजर किन समातिए ?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने इन्द्रजात्राको कार्यक्रमस्थलबाट पूर्वडीआईजी र पूर्वमेजरसहित दुई दर्जन व्यक्ति पक्राउ परेका छन्। 

बसन्तपुरमा आयोजित इन्द्रजात्रा मुल समारोहस्थलबाटै प्रहरीले पूर्वडीआईजी विजयराज भट्ट र पूर्वमेजर केशव बस्नेतसहित दुई दर्जन बढीलाई नियन्त्रणमा लिएको हो। राष्ट्रपतिको सवारी हुने समयमा नाराबाजी गर्ने र कालो झन्डा प्रदर्शन गर्ने तयारी गरेको सूचना पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरी र सेनाको अवकाशपछि उनीहरु गणतन्त्र विरोधी अभियानमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

महानगरीय प्रहरी प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार उनीहरुलाई पुलिस क्लबमा राखिएको छ। सबैमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.