भारतीय पूर्वमन्त्री स्वामीलाई यौन शोषण आरोपमा ७ घण्टा सोधपुछ
नयँदिल्ली : भारतका पूर्व गृहराज्य मन्त्री स्वामी चिन्मयानन्दसँग करिब ७ घण्टा लामो सोधपुछपछि विशेष अनुसन्धान टोलीले उनको दिव्य आश्रम बन्द गरिदिएको छ ।
शुक्रबार अनुसन्धान टोली पीडित छात्रालाई लिएर उनको निवासमा समेत पुगेको थियो । चिन्मयानन्दमाथि उनको एसएस ल क्याम्पसकी एक छात्राले यौन शोषणको आरोप लगाएकी छन् ।
भारतीय मिडियाका अनुसार चिन्मयानन्द वाहेक अनुसन्धान टोलीले बिहीबार राति उत्तर प्रदेश प्रहरीसँग पनि यौन शोषण केससँग जोडिएका प्रश्न सोधेको थियो । चिन्मयानन्दका वकिलले भने अदालतको फैसलालाई सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । चिन्मयानन्दले केही छात्राहरुलाई यौन शोषण गरेको भन्दै भिडियो सहित एक युवतीले गत अगस्टमा आरोप लगाएकी थिइन् ।