थबाङमा पहिरोले एकै परिवारका ६ जनाको मृत्यु

थबाङमा पहिरोले एकै परिवारका ६ जनाको मृत्यु

रोल्पा : पहिरोले पुरिएका रोल्पा थबाङ-२ छेर्लोबाङ झार्नै गाउँका ६ जना मृत भेटिएका छन् ।बिहीबार राति १२ बजे आएको पहिरोले सुतिरहेका ६ जना घरसँगै पुरिएका थिए । एक घर र तीन गोठ पहिरोले पुरिदा ४२ वटा पशुको समेत मृत्यु भएको छ।

दुईतले ढुंगा र काठले छानो भएको घरमा सुतिरहेकी २८ वर्षीय शीरकुमारी झाक्री र उनको ४ वर्षीय छोरा असल बुढाको गाउँलेले बिहानै शव फेला पारेका थिए । भूँइतलामा सुतेका चारजनाको समेत शव फेला पारिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जनाए । मृत्यु हुनेमा ३८ वर्षीय जय बुढा, उनकी पत्नी ३६ वर्षीया मुलज्योती बुढा, नौ वर्षीया छोरी देवस्ती र दुई वर्षीया छोरी करिस्मा रहेका छन्।

उनीहरुको सबैको शव पुरिएको अवस्थामा स्थानीय र प्रहरीले निकालेका हुन् । तीनवटा गोठ पुरिदा ४२ वटा पशु मरेका छन्। ६ गाई, १९ भेडा र १७ बाख्रा मरेका हुन् । धनकुमार झाक्रीका २ गाई, ४ भेडा र ६ बाख्रा छन् । त्यसैगरी टकेन्द्र झाँक्रीको गोठ पुरिदा ७ बाख्रा र ४ गाई मरेका छन् भने फारम झाक्रीका १५ भेडा र ४ गाई मरेका हुन्।

छिमेकी विस्मल झाक्रीका अनुसार सहिद मार्गअन्तर्गतको सडक खन्ने क्रममा सडक किनारमा थुपारिएको माटोको थुप्रोसँगै  आएको पहिरोले यति ठूलो मानवीय क्षति भएको हो। पहिरोबाट ठूलो मानवीय क्षति भएपछि थबाङी शोकमा डुबेका छन् । 

पोष्टमार्टमको झन्झट

वर्षात‍्का कारण घोराही-थबाङ सहिद मार्गको दुईखोली-थबाङ खण्ड पहिरोका कारण अवरुद्ध छ । जिल्ला अस्पताल रेउघामा शब पोष्टमार्टमा लागि बोकेर ल्याउन डेढ दिन लाग्छ । ६ वटा शव बोकेर ल्याउन कठिनाई हुने भएकाले डा. प्रकाश बुढाको टोलीलाई नै थबाङ पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।

चिकित्सकको टोली भोली मात्र घटनास्थल पुग्ने भएको छ । पहिरोबाट निकालिएका शब सुरक्षित राख्न प्रहरी खटिएको छ । घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय थबाङको प्रहरी टोली घटना स्थल पुगेको थियो।

सदरमुकाम लिबाङस्थित जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय घर्तीगाउँ, कुरेली र मिरुल रानागाउँ प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेका छन् । घटनालगत्तै विपत् व्यवस्थापन समितिको संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारीको पहलमा बैठक बसेर पोष्टमार्टम र घटनास्थलका मृत पशु चौपायको व्यवस्थापन गर्नेबारे प्रबन्ध मिलाइएको छ।घटनास्थल सदरमुकाम लिबाङबाट २५ कोष टाढा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.