सुत्केरी व्यथा लागेको चार दिनपछि उद्धार
जाजरकोट : चार दिनदेखि सुत्केरी व्यथाले थला परेकी तुल्सी सुनारको उद्धार भएको छ।
कुशे गाउँपालिका-८ की ४५ वर्षीया सुनारको शुक्रबार सेनाको हेलिकप्टरहा उद्धार भएको हो। उनलाई क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत लगिएको प्रहरी निरक्षिक केशरबहादुर कार्कीले जानकारी दिए।
जिल्ला प्रशासन कार्यलयको समन्वयमा सेनाले उद्धार गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। उनलाई तुल्सीलाई चार दिनअघि पैंक स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो। बच्चा उल्टो भएकाले सुत्केरी गराउन नसक्दा रिफर गरिएको स्वास्थ्य चौकी इन्चार्ज रामसिह मण्डलले जानकारी दिए।
तुल्सीका घरमा उनका दुई छोरा र दुई छोरी छन्। यसअघि कुशे १ कि गर्भवती संगीताकुमारी शाहीको हेलिकप्टरबाट उद्धार भएको थियो।