चिनियाँ सिमानामा अमेरिकी अत्याधुनिक हतियार राख्दै भारतीय सेना
नयाँदिल्ली : भारत र चीनको सीमाक्षेत्र अरुणाञ्चलस्थित अमेरिकी अत्याधुनिक हतियार राख्ने बताइएको छ ।
विवादित क्षेत्र लद्दाखस्थित भारतीय सेनाले चिनुक हेभी लिफ्ट हेलिकप्टर, एम ७७७ अल्ट्रालाइट होविटजर जस्ता अमेरिकी अत्याधुनिक हतियार तैनाथ गर्ने तयारी गरेको हो ।
हालै भारतीय र चिनियाँ सेनाबीच भीडन्त भएपछि भारतबाट यस्तो योजना सार्वजनिक भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । ‘इकोनोमिक टाइम्स’ का अनुसार भारतले अरुणाञ्चलस्थित सीमा क्षेत्रमा सैन्य अभ्यास गर्ने तालिका समेत बनाएको छ । यसअघि पनि पटक पटक चिनियाँ सेना र भारतीय सेनाबीच दोहोरो भिडन्त भइसकेको छ ।