जुम्ला रारा अल्ट्राम्याराथनको तयारी पूरा

जुम्ला रारा अल्ट्राम्याराथनको तयारी पूरा

प्रकाश उपाध्याय

जुम्लाः अन्तर्राष्ट्रिय स्तरको जुम्ला रारा अल्ट्राम्याराथनको तयारी पूरा भएको छ। भदौं २९ गते हुने १, ५ र ४९ किलोमिटरको दुरीमा हुने म्याराथनको तयारी पूरा भएको आयोजक कर्णाली स्पोर्टस् क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।

अध्यक्ष शाहीले कर्णालीलाई परिचित गराउन यी आयोजनाहरुको महत्त्व रहेको बताए। उनले भने, 'ऐतिहासिक, धार्मिक र प्राकृतिक धरोहरको रुपमा रहेको कर्णालीमा रारा जस्ता धेरै स्थानहरु छन्। कर्णालीलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्छ।' 

खेलबाट समग्र कर्णाली क्षेत्रको विकासका संभावित पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुगोस् भनी म्याराथन आयोजना गरिएको शाहीले बताए। 'कर्णालीमा खेल पर्यटनको संभावना अधिक रहेको छ। यसको सन्देश अन्तर्रा्ष्ट्रिय स्तरमा प्रवाह गर्नको लागि म्याराथन गर्न लागिएको हो', उनले भने, 'यसले पर्यटन प्रवर्द्धन गर्नेमा दुईमत छैन।’ 

उनले रुटको बारेमा जानकारी दिँदै भने, 'म्याराथन कर्णालीकै प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिरबाट सुरु भएर टुडिखेल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, खोलिकोट, कर्णाली प्राविधिक शिक्षालय, चेरेचौर, खाली, न्याउरिगाड, काभ्रा, चौथा, भुलभुले र चुचेमारा हुँदै रारातालमा पुगेर समापन हुनेछ।'

अमेरिका, बेलयत, भारत लगायत  देशबाट खेलाडीहरु जुम्ला आउने क्रम बढिरहको छ। काडकाठमाडौं, भक्तपुर, भोजपुर, बुटवल, पोखरा, गोर्खा, पूर्वी रुकुम लगायतका जिल्ला र त्रिभुवन आर्मी क्लबका खेलाडी जुम्ला पुगेको छन्। महिला र पुरुष दुई समूह हुने र उनीहरुका लागि एक किलोमिटर, ५ किलोमिटर र ४९ किलोमिटर गरी तीन दूरीमा म्याराथन हुने अन्तर्राष्ट्रिय धावक हरी बहादुर रोकायाले जानकारी दिए।
 
’प्रतियोगिताको रजिस्ट्रेसन, प्रचारप्रसार, स्वयंसेवक खटनपटन सबैको तयारी पुरा भएको छ’ उनले भने। हालसम्म ४९, ५ र एक किलोमिटरका लागि क्रमश ६७, ४२ र २१ गरी एक सय ३० जनाले नाम दर्ता गराएको आयोजकले जनाएको छ। प्रतियोगिताको दुवै समूहमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: पचहत्तर, पचास  र तीस हजार रुपैयाँ प्रदान गरिने तथा उत्कृष्ट १० खेलाडीलाई पाँच हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र उपलव्ध गराइने आयोजकले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.