सरकारले लोकतन्त्रको धज्जी उडायो : देउवा

सरकारले लोकतन्त्रको धज्जी उडायो : देउवा

दाङ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकराले लोकतन्त्रको धज्जी उडाइरहेको बताएका छन्। दुई तिहाइको दम्भले नै सरकाले लोकतन्त्रको धज्जी उडाउँदै गएको देउवाले आरोप लगाएका छन्। दाङको घोराहीमा बीपी कोइरालाको शालिक अनावरण गर्दे उनले बाँकेमा भएको जिल्ला सभापति आक्रमण घटना लोकतन्त्र माथिको धज्जी भएको बताए।

उनले बाँके घटनाका दोषीलाई कारबाही नभएसम्म सदन चल्न नदिने चेतवानी समेत दिए।  

जागरण अभियानका क्रममा बाँके सभापति किरण कोइरालासहित आफ्ना दर्जनौँ कार्यकर्ता घाइते भएको भन्दै तत्काल दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे। पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले कुनै पनि हालतमा दोषीलाई कारबाही हुनु पर्ने बताए। शान्तिपुर्ण रुपमा कार्यक्रम गर्ने अधिकार भएको भन्दै उक्त घटनाको निन्दा गरे। शान्तिपुर्ण कार्यक्रममा भएको आक्रमणले लोकतन्त्रको धज्जी उडाएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.