पोखरा-मनाङ हप्तामा एक उडान गर्ने तयारी

पोखरा-मनाङ हप्तामा एक उडान गर्ने तयारी

पोखरा : हिमाल पारिको जिल्ला मनाङको हुम्दे विमानस्थलमा पक्की रनवे बनेको ६ वर्षपछि पोखरा-मनाङ हप्ताको एक उडान भर्ने तयारी गरिएको छ। २०७० मा मनाङको हुम्देस्थित विमानस्थल कालोपत्रे भएपछि पनि नियमित उडान हुन सकेको छैन। 

गण्डकी प्रदेश सरकारले पोखरा-मनाङ जहाज संचालन गर्न पहल गरेको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशका पर्यटनमन्त्री विकास लम्सालसहित १५ जनाको टोली शुक्रबार समिट एयरको जहाजबाट पोखराबाट मनाङको हुम्दे मिानस्थल पुगेर फर्केका छन्। 

पोखरा—मनाङ नियमित उडान गर्न सकरात्मक सन्देश दिन मुख्यमन्त्री, पर्यटनमन्त्रीसहितको टोली मनाङ पुगेर फर्केको गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले बताएको छ। हप्तामा एक दिन पोखरा-मनाङ उडान भर्ने तयारी गरिएको समिट एयर पोखराका म्यानेजर पोषण मणि त्रिपाठीले जानकारी दिए।

मनाङको हुम्दे विमानस्थल भौगोलिक अवस्थितीले उडानकालागि त्यती सजिलो भने नरहेको उनले सुनाए। खोच हुँदै जानु पर्ने र हुम्दे विमानस्थल पनि अवतरण र उडानका लागि सजिलो नरहेको उनले बताए। हुम्दे विमानस्थल समुन्दी सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा छ। यो विमानस्थल २०३९ असोजमा सञ्चालनमा आएको थियो। 

मनाङको हुम्दे विमानस्थल स्थरोन्नति गरेर पक्की रनवे बनेपछि बेलाबेलामा जहाज आउजाउँ गर्ने गरे पनि नियमित उडान भने नभएको पोखरा विमानस्थलका प्रवक्ता काशीनाथ पौडेलले जानकारी दिए। 

हेलिकोप्टर उडान भने भइरहेको उनले बताए। मनाङको हुम्दे विमानस्थलबाट सदरमुकाम चामे हिँडेर पुग्न ४÷५ घण्टा लाग्छ। विमानस्थल सदरमुकाम भन्दा टाढा भएकोले पनि प्यासेन्जर आकर्षित नभएको हुन सक्ने विमानस्थलका कर्मचारी बताउँछन्। 

विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको राउण्ड अन्नपूर्ण पदयात्रा यही बाटोमा पर्दछ। लम्जुङको बेसीसहरदेखि पैदल यात्रा गर्दै पर्यटक ताल, चामे, हुम्दे विमानस्थलको छेउँ हुँदै थोरङपास गरेर मुस्ताङ पुग्ने गर्दछन्। पछिल्लो समयमा मनाङसम्मै यातायात पहुँच सहज भएको छ। 

हिमाल पारिको अर्को जिल्ला मुस्ताङको जोमसोममा भने अहिले नियमीत ८ उडान भइरहेका छन्। पछिल्लो समयमा तारा एयर र समिट एयरले नियमीत उडान गरिरहेका हुन्। जोमसोममा सिजनको समयमा ११  फ्लाईटसम्म भएको पोखरा विमानस्थलले बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.