ज्यूँदो शिशु मृत घोषित प्रकरण : भेरी अस्पतालले गल्ती स्वीकार्यो

ज्यूँदो शिशु मृत घोषित प्रकरण : भेरी अस्पतालले गल्ती स्वीकार्यो

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जले जीवित बच्चालाई मृत भनेर अभिभावकलाई जिम्मा लगाएको कुरा घुमाउरो रुपमा स्वीकार गरेको छ। जाजरकोटको छेडागाड नगरपालिका–९ की २० वर्षीया कमला अधिकारीले जन्माएको बच्चालाई मृत भनेर दिएपछि गाड्ने क्रममा जीवित भएको रहस्य खुलेको थियो।

 
‘प्रिम्याच्युयर’ बच्चामा पूर्वअनुमान गर्न गाह्रो हुने शारीरिक अवस्थाका कारण घटना भएको र ‘असावधानी भविष्यमा हुन नदिने प्रतिबद्धता’ जनाएर अस्पतालले घुमाउरो रुपमा गल्ती स्वीकार गरेको छ तर अस्पतालले शिशु मृत जन्मेको जिकिर भने शुक्रबार अपरान्ह साढे ४ बजे जारी गरेको प्रेस नोटमा गरेको छ। 

‘बच्चा जन्मिने बित्तिकै रुने, सास फेर्ने, हात गोडा चलाउने गतिविधि नगरेको, परीक्षणमा मुटुको धड्कन नसुनिएको र नालमा समेत गति नभएको, बच्चाको ढाड र पैतला भलाएर स्टुम्युलेसन गर्दा समेत कुनै सुधार नभएको’ प्रेस नोटमा उल्लेख छ। 

नवजात शिशुलाई एनआइसीयूमा राखेर अक्सिजन र अन्य औषधि दिएर उपचार गरिरहेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डन्ट डा.बद्री चापागाईंले बताए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.