टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

राजविराज : सप्तरीमा शुक्रबार भएको टिपर दुर्घटनामा परेर एक साइकल यात्रीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपले दिएको जानकारी अनुसार सप्तकोशीको फत्तेपुरबाट कञ्चनरुपतर्फ आउँदै गरेको ना १ क ७९८३ नम्बरको टिपरको ठक्करले साइकल यात्री राजबिराज नगरपालिका १० दिघवाका २० वर्षीय मनोज रामको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सप्तकोशी नगरपालिकाको फत्तेपुरबाट कञ्चनरुपतर्फ आउँदै गरेको टिपरले पछाडिबाट साइकल यात्रीलाई ठक्कर दिएको थियो । कञ्चनरुप नगरपालिका ७ आदर्श टोलस्थित फत्तेपुर–कञ्चनपुर सडक खण्डमा भएको दुर्घटनामा रामको दुबै खुट्टा भाँचिएको थियो ।

घाइते रामको उपचारका क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको डिएसपी मकेन्द्रकुमार मिश्रले बताए । ठक्कर दिने टिपर र चालकलाई ईलाका प्रहरी कार्यालय कञ्चनरुपले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.