झिमरुकबासीले मागे हटाइएको प्रहरीचौकी

झिमरुकबासीले मागे हटाइएको प्रहरीचौकी

प्यूठान : प्यूठान, गुल्मी र अर्घाखाँचीको सीमाक्षेत्रमा पर्ने झिमरुक गाउँपालिका १ सौतामारे प्यूठानका स्थानीयले प्रहरीचौकी स्थापनाको माग गरेका छन् ।

जुन २०११ मा स्थापना भइ पछि फेरि विस्थापित भएको थियो । स्थानीय जंगलमा लागेको डढेलोबाट खरले छाएको चौकी नै जलेपछि विस्थापित भएको थियो । गाउँलेले भने अहिले फेरि उक्त प्रहरीचौकी स्थापना गर्नुपर्ने माग राखेका हुन् ।

यस क्षेत्रकै पहिलो स्थापित चौकी हटेपछि आफूहरु निराश भएको स्थानीयको गुनासो छ । हरेक दिन हिंसाजन्य घटना बढ्दैगएको भन्दै चौकी स्थापनाको आवश्यकता देखिएको स्थानीय बताउँछन् ।

छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीको प्रहरीचौकी नजिकै भए पनि प्यूठानको भूगोगलमा घटना भएमा सम्बन्धित जिल्लाबाटै प्रहरी आउनुपर्ने बाध्यताले समस्या भइरहेको वडाध्यक्ष धुर्वराज खनालले बताए ।

‘मानवीय हिसावले प्रहरी आउने कुरा फरक । तर जुन जिल्लामा घटना घट्छ उही जिल्लाकै प्रहरीले मुचुल्का उठाउनुपर्ने बाध्यता छ,’ खनालले भने । गाउँमा पछिल्ला केही वर्षदेखि घरेलु हिंसा, झै–झगडा, आगलागी, चोरी लगायत हिंसाजन्य घटना बढ्दैजान थालेकाले चौकी स्थापना हुनुपर्ने उनले बताए । सिमानाको क्षेत्रमा विभिन्न जिल्लाका पर्यटक घुम्न आउने गरेको उनको भनाइ छ । सौतामारे सालझण्डी–ढोरपाटन र मदान भण्डारी राजमार्ग सडक खण्डमा पर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.