धारो छ, पानी आउँदैन

धारो छ, पानी आउँदैन

मुगु : मुगम कार्मारोङ गाउँपालिका—८ मांग्री गाउँस्थित श्रीबुद्ध माध्यमिक विद्यालयमा हिलट्याङ्किसहित खानेपानी धारोको व्यवस्था छ। तर धारोमा पानी आउँदैन। विद्यालयको सरसफाइ तथा खानेपानीका लागि धारा निर्माण गरे पनि खानेपानीको व्यवस्थापन गर्न विद्यालयले सकेको छैन।

छात्रावाससमेत रहेको यस विद्यालयमा खानेपानीको व्यवस्था नहुँदा विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको छ। खानेपानीका तथा शौच गर्न पढाइ छाडेर विद्यार्थी दिउसै घर दुगुर्छन्। पानी नभएकै कारण महिनावारी भएका छात्राहरु महिनामा ५ दिन विद्यालय आउँदैनन्। यता विद्यालयको खातामासमेत ४० लाख रकम बचत छ। तर खानेपानी व्यवस्थापनमा विद्यालयको ध्यान गएको छैन।

विद्यालयमा खानेपानी नहुँदा शिक्षक विद्यार्थी नै दिउँसो पानी तिर्खा लागेमा पढाइ छोडेर १५ मिनेट टाढा गाउँको धारामा जाने गरेको कक्षा ९ मा अध्यनरत छात्र दिपेन्द्र बुढाले बताए। ‘तिर्खा लागेपछि पढाइ छोडेर पानी खाना गाउँतिर जान्छौं, शौच जाँदा गाउँलेको बारीतिर जानुपर्छ’ उनले भने, ‘त्यसमा केटालाई त सहजै हुन्छ, तर केटी मान्छेहरुलाई दिउसै घर जानुको विकल्प छैन।’

यसअघि विद्यालयले ९ किलोमिटर टाढा रहेको चिमात गाउँको परौटी र छात्रावासका लागि ५ किलोमिटर टाढा मांग्री गाउँको घट्ट भन्ने स्थानबाट खानेपानी ल्याइएको थियो। हाल दुवै खानेपानी सुकेका छन्। विद्यार्थी प्यास लाग्दा पढाइ नै छोडेर घर जाने गरे पनि विद्यालय व्यवस्थापन समितिले भने खानेपानीको व्यवस्था गर्ने विषयमा कुनै पहल गरेको छैन। स्थानीय साङ्गे युवा क्लबका निमातोर्चे लामाले पटक–पटक खानेपानीको व्यवस्था गर्न माग गरे पनि सुनुवाइ नभएको गुनासो गरिन्।

विद्यालयमा कक्षा १ देखि १२ सम्म दुई सय ५० जना विद्यार्थी अध्ययनरत छन्। महिला छात्रावासमा २७ जना छात्रा बसेका छन्। छात्रावासको धारामा आउने पानीको मुहान वर्षातले भत्काएपवछि होस्टेल वार्डेनले युवा परिचालन गरे पनि मर्मत सम्पन्न हुन सकेको छैन। छात्रावासमा खानेपानी नहुँदा महिनावारी हुँदा सरसफाई गर्न समस्या भएको छात्रा टासीकुञ्जाङ लामाले बताइन्।

‘खानेपानी ल्याउन १५ मिनेट टाढा गाउँको धारामा जानुपर्छ, त्यहाँ पालो कुर्दै विद्यालय छुट्छ’ उनले भनिन्, ‘महिनावारी हुँदा त सरसफाइ गर्ने पानी नै हुँदैन।’ विद्यालयका प्रधानाध्यापक चित्रबहादुर वलीले विद्यालयको भौतिक संरचना तथा विभिन्न शीर्षकबाट बचेको ४० लाख रकमबाट तत्काल खानेपानी धारा निर्माण गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.