विदेशी मेयर लिएर विद्यासुन्दर पाटन दरबार क्षेत्रमा

विदेशी मेयर लिएर विद्यासुन्दर पाटन दरबार क्षेत्रमा

ललितपुर : इन्द्रजात्रा हेर्न काठमाडौं आएका विभिन्न मुलुकमा मेयरमध्ये चीनका चिगाङ्ग स्याहोगं, दिल्लीका सरदार अफतार र भुटानका मेयर किन्ले दोर्जेलाई  लिएर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य ललितपुर पुगेका हुन् । 

विदेशी मेयरलगायत अन्य मुलुकका प्रतिनिधि लिएर पाटन दरबार स्क्वायर पुगेका शाक्यको टोलीलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वागत गरेका थिए । शाक्यले विदेशी मेयर र महर्जनबीच चिनजान गराएका थिए । 

चिनजान सकिए लगत्तै उत्सुकताका साथ उनीहरुले पाटन दरवार स्क्वायरको अवलोकन गरेका थिए । पाटन दरबार स्क्वायरको चारनारायण, हरिशंकर, कृणमन्दिर, भीमसेन मन्दिरलगायतको ब्रिफिगं गरिसकेपछि उनीहरु गोल्डेन टेम्पल पुगेका थिए । विदेशी अतिथि सबैले पुजाआजा गरेका थिए । मेयरले नेपाल फेरी पनि आउने बताए । 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.