विप्लवका इलाम सचिव नेकपा प्रवेश
इलाम : नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’का इलाम जिल्ला सचिव दिपेन राईले पार्टी परित्याग गरेका छन्।
आइतबार विज्ञप्ति सार्वजनिक गर्दै उनले विप्लव समूह छोड्दै सत्तारुढ नेकपामा प्रवेश गरेको बताएका हुन्। माओवादी विद्रोहका क्रममा विभिन्न युद्धमा संलग्न राई माओवादी विभाजनपछि विप्लव समूहमा सक्रिय थिए।
उनी झापाबाट पक्राउ परेका थिए।