अरिङ‍्गालको टोकाइबाट बेहोस भएकी किशोरीको मृत्यु

अरिङ‍्गालको टोकाइबाट बेहोस भएकी किशोरीको मृत्यु

गुल्मी : धुर्कोट गाउँपालिका-४ जैसीथोक गुल्मीमा एक किशोरीको अरिङ‍्गालको टोकाइबाट ज्यान गएको छ । स्थानीय १८ वर्षीय विनिता कुँवरको शनिबार उपचारकै क्रममा मृत्यु भएको हो । दुईसाता अघि उनलाई जैसीथोक खेलकुद मैदान नजिकै हिँडिरहेको बेला अरिङ‍्गालले टोकेको थियो ।

फुपूलाई तीजको निम्ता गरेर घर फर्किने क्रममा उनलाई अरिङ‍्गालले टोकेको स्थानीय राजन केसीले जानकारी दिए । उनको गौतमबुद्ध मुटु अस्पताल बुटवलमा उपचारकै क्रममा मृत्यु भएको परिवारले जनाएको छ ।
 

अरिङ‍्गालले टोकेलगत्तै बेहोस भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो । तर, त्यहाँ उनको उपचार सम्भव नभएपछि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा पुर्‍याइएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.