भूमि व्यवस्थामन्त्रीको घोषणा, 'अब कोही मोही रहनेछैन'

भूमि व्यवस्थामन्त्रीको घोषणा, 'अब कोही मोही रहनेछैन'

काठमाडौं : भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले हदबन्दीमा सरकार लचिलो भएको स्वीकार गरेकी छन् । उनले उद्योगधन्दा खोल्न बाधा नहोस् भनेर हदबन्दीमा लचिलो हुनुपरेको स्पष्टिकरण दिएकी छन् ।

‘उद्योग, फर्म सञ्चालनको लागि भूमि सम्बन्धि व्यवस्था हात खुट्टा बाँध्यो भन्ने कुरा थियो । त्यसका लागि हदबन्दी बाधा नहोस् भनेर थोरै लचिलो भएका हौँ ।’उनले भनिन् । सरकारको तीन खम्बे नीति सरकारी, सहकारी र निजी क्षेत्रसँगै लैजानको लागि भूमि समस्या नहोस् भनेर हदबन्दी खुकुलो गरिएको बताइन् ।

मन्त्री अर्यालले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासको समस्या समाधान गर्न बनेका भूमि सम्बन्धी ऐनका विषयमा अनावश्यक हल्ला गरेको बताइन् । उनले सरकारले लामो समयपछि भूमिसम्बन्धी विधेयकमा रहेका राम्रा पक्षको चर्चा नै नगरेर एउटा विषयलाई मात्र बढी उछालिएको आरोप लगाएकी छन् । उनले यस्ता विषयले भूमिहीन, सुकुम्बासी, अव्यवस्थीत बसोबासीलाई धराप पार्ने काम गरेको बताइन् ।

उनले नेपालीलाई जग्गा धनी बनाउने घोषणा गरेकी छन् । अब कोही पनि मोही नरहने बताउँदै उनले भनिन्,‘ अब कोही पनि मोही रहने छ्र्रैनन्, सबैलाई जग्गाधनी बनाउने हो ।’उनले मोहियानी हक स्थापित गरेर उनीहरुलाई न्याय दिने बताइन् ।

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले आयोजना गरेका कार्यक्रममा मन्त्री अर्यालले भू उपयोग ऐन प्रमाणिकरण भइसकेकोले अब कार्यान्वयनमा जाने बताएकी छन् । उनले अब कसैले कृषि योग्य जमिन बाँझो राख्न नपाउने बताइन् ।

उनले जथाभावी कित्ताकाट जग्गा टुक्राटुक्रा भएको बताउँदै भनिन, ‘अब जग्गा टुक्राउने होइन, व्यवस्था पनि हो ।’उनले भूमि बैंक पनि परिकल्पना गरिएको जानकारी दिएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.