मनमोहन विश्वविद्यालय विधेयक कार्यसूचीबाट हटाउन कांग्रेसको माग

मनमोहन विश्वविद्यालय विधेयक कार्यसूचीबाट हटाउन कांग्रेसको माग

विराटनगर : प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधले प्रदेश १ को प्रदेशसभा बैठकमा स्थगित भएको छ। सामाजिक विकास समितिबाट पारित भएको मनमोह विश्वविद्यालयको विधेयक सदनको कार्यसूचीबाट हटाउनुपर्ने माग गर्दै कांग्रेसले अवरोध गरेपछि बैठक स्थगित भएको हो। 

बैठक सुरु भएलगत्तै कांग्रेस सांसद आआफ्नो कुर्सीबाट उठेर विरोध जनाएका थिए। त्यस लगत्तै सभामुखले कांग्रेस प्रमुख सचेतक केदार कार्कीलाई आफ्नो कुरा राख्न समय उपलब्ध गराएका थिए। 

कार्कीले सामाजिक विकास समितिबाट पारित भएको मनमोह विश्वविद्यालयको विधेयक सदनको कार्यसूचीबाट हटाउनुपर्ने र नहटेसम्म संसद बैठक चल्न नदिने बताएका थिए। 

पहिलो पटक स्थगित भएर २० मिनेटपछि पुनः सुरु बैठकमा पनि कांग्रेसका सांसदले विरोध जनाएपछि सभामुख प्रदिपकुमार भण्डारीले बैठक स्थगित भएको घोषणा गरेका हुन्। 

विधेयक फिर्ता गरेर विस्तृतमा ल्याउनुपर्ने कांग्रेसको माग छ। मनमोहन विराटनगरकै राजीनीति अगुवा नेता भएकाले उनको साखलाई उचो बनाउन पनि विधेयक महत्वपूर्ण भएको र  विस्तृत रुपमा ल्याउनुपर्ने कांग्रेस प्रमुख सचेतक केदार कार्कीले बताए। 

‘बोर्ड अफ गर्भनर्स’ को विषयमा कांग्रेसको मुख्य आपक्ति रहेको कार्कीको भनाइ छ। कांग्रेसले माग सम्बोधन नभए रोष्टम घेराउ गर्ने चेतावनी दिएको छ। 

बजेट अधिवेशन सकिनै लाग्दा सरकारले मनमोहन विधेयकलाई पनि चालू अधिवेशनबाटै पारित गर्ने तयारी गरेको छ। विधेयकले विश्वविद्यालय संरक्षण समितिको अध्यक्ष नै बोर्ड अफ गभर्नसको पदेन अध्यक्ष हुने कानुनी व्यवस्था गरेको छ।  अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.