बालबालिकामा यौन दुर्व्यवहार बढ्दो

बालबालिकामा यौन दुर्व्यवहार बढ्दो

यस वर्ष दुई सय ५२ जना बालबालिका बालयौन दुर्व्यवहार र बलात्कारमा परेका पाइएको छ। राष्ट्रिय बालअधिकार परिषद्ले यसै वर्ष विभिन्न सञ्चारमाध्यममा प्रकाशनमा आएका बालबालिकासम्बन्धी घटनालाई विश्लेषण गरेर प्रकाशन गरेको प्रतिवेदनमा दुई सय ५२ जना बालबालिका यौन दुर्व्यवहारको सिकार भएको जनाइएको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/७६ मा बालबालिकासम्बन्धी घटनाको संख्या वृद्धि भएको देखिएको छ। यो चौमासिकमा बालअधिकार हननका ६ सय ५४ घटना भएका छन्। यी घटनामा एक हजार ८० जना बालबालिका प्रभावित भएका छन्। सबैभन्दा बढी वर्षको अन्तिम चौमासिकमा दुई सय ८८ घटनाबाट चार सय ८५ बालबालिका पीडित भएका छन्।

पहिलो चौमासिकमा दुई सय चार घटनामा तीन सय १५ जना बालबालिका, दोस्रो चौमासिकमा एक सय ६२ घटनामा दुई सय ८० बालबालिका पीडित भएका छन्। प्रभावित एक हजार ८० जना पीडित बालबालिकामध्ये चार सय ४१ बालक, ६ सय १८ जना बालिका र २१ जना शिशु छन्।

घटना तुलना गर्दा बालकमाथि भएका बालयौन दुर्व्यवहारका घटनाभन्दा बालिकामाथि भएका बलात्कारका घटनाको संख्या बढी रहेको पाइएको छ। दुई सय ३४ जना बालिकामाथि बलात्कार भएको देखिन्छ भने १८ जना बालकमाथि यौन दुर्व्यवहार भएको पाइन्छ।

बालिका बलात्कार भएका घटनामध्ये पहिलो चौमासिकमा ९७ जना, दोस्रोमा ६३ र तेस्रोमा ७४ जना गरी दुई सय ३४ जना छन्। बलात्कारका घटनामध्ये सामूहिक बलात्कारबाट २६ जना बालिका पीडित भएका छन्। उमेर समूहको आधारमा सबैभन्दा सानी नौ महिनाकी बालिका सर्लाहीमा छिमेकी १४ वर्षे बालकबाट बलात्कृत भएको पाइएको छ।

सबैभन्दा बढी संख्यामा ११ देखि १८ वर्ष उमेरका एक सय ६१ जना, ६ देखि १० वर्ष उमेरका ४८ जना, पाँच वर्षभन्दा मुनिका २५ जना बालिका बलात्कृत भएका छन्। माथिका घटना विश्लेषण गर्दा सबैभन्दा बढी चिनजानको व्यक्तिबाट ७४ जना, छिमेकीबाट ७२, आफ्नै बुवा तथा हाडनाताबाट ३८ जना (आफ्नै बुवाबाट १९) जना, शिक्षक तथा प्रधानाध्यापक, सेना/प्रहरी तथा कर्मचारीबाट २७ जना, घरेलु बाल श्रममा परेका ६ जना, अन्यबाट १७ जना बालिका बलात्कारमा परेका छन्। बालिका बलात्कृत भएका घटनामा पीडकका रूपमा एक सय ७२ जना व्यक्ति रहेको देखिएको छ। तीमध्ये १८ वर्षमुनिका ३१ बालक बलात्कारमा संलग्न भएका छन् भने ६० वर्ष माथिका २३ जना रहेको देखिन्छ।

त्यस्तै यो आवमा विभिन्न कारणले दुई सय ४१ जना बालबालिकाको मृत्यु भएको छ। मृत्युका घटना हेर्दा विषालु खानेकुरा खाएर, आगलागी, चट्याङ, अस्पतालको लापरबाही आदि विविध कारणले, सडक दुर्घटनामा परी, नदी पोखरीमा डुबेर, बाढीपहिरोमा परेर, करेन्ट लागेर, सर्पले टोकेर मृत्यु भएको छ।

यो अवधिमा ३४ जिल्लामा एक सय ३७ वटा बालविवाहका घटनामा एक सय ९६ बालबालिकाले विवाह गरेको देखिन्छ। बालविवाहका घटना हेर्दा एक सय १८ जनाले उमेर नपुग्दै विवाह गरेका छन् भने १८ वर्षभन्दा कम उमेरका दुई बालबालिकाको विवाह ६० वर्षभन्दा माथिका वृद्धसँग भएको देखिन्छ। साथै ७३ जना बालिकाको वयस्क पुरुषसँग विवाह भएको पाइएको छ।

यो अवधिमा बाल श्रमका घटना एक सय १२ वटा प्रकाशनमा आएका छन्। बालबालिका बेचबिखन तथा ओसारपसारमा ९६ जना बालबालिका परेका छन्। सबैभन्दा बढी बाँकेमा सातजना ओसारपसारमा परेका छन्। यो अवधिमा हत्याका ६५ घटना सार्वजनिक भएका छन्। कुपोषणसम्बन्धी ३८ घटना, शारीरिक सजायका घटना ३७ वटा, आत्महत्या २७ जना बालबालिकाले गरेका छन्। त्यस्तै अपहरणमा १२ जना बालबालिका, गर्भपतनमा चार जना बालिका छन्।

यो अवधिमा ६ सय ५४ घटनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा एक सय ३१ घटना भएका छन् भने सबैभन्दा कम गण्डकी प्रदेशमा ५३ वटा घटना भएका छन्। सबैभन्दा बढी घटना प्रदेश नम्बर १ मा भए पनि प्रदेश नम्बर ३ मा सबैभन्दा बढी दुई सय १४ जना बालबालिका प्रभावित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.