साढे ८ केजी चरेससहित तीन पक्राउ
दाङ : प्रहरीले साढे ८ केजी लागुऔषध चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले दाङ र रोल्पाको सिमाना घोराही उपमहानगरपालिका १९ खम्बासबाट ८ केजी ५०० ग्राम लागुऔषध चरेससहित ३ जनालाई पक्राउ गरेको हो।
घोराही उपमहानगरपालिका १९ बाट रोल्पाको गंगादेव गाँउपालिका ४ का २१ वर्षिय गणेश वली, सोही ठाँउका २७ वर्षिय भूपेन्द्र थापा, सोही ठाउँकै ४० वर्षिय अमृत थापालाई लागुऔषध चरेशसहित पक्राउ परेका हुन्। उनीहरूको साथबाट रा ३ प ४५५९ नम्बरको मोटसाइकल समेत बरामद गरिएको छ।
पछिल्लो समय दाङमा लागुऔषध कारोबारी धमाधम पक्राउ पर्न थालेका प्रहरीले जनाएको छ। पछिल्लो १० दिनमा जिल्लाका विभिन्न ठाउँबाट ९ जना लागुऔषध कारोबारी पक्राउ परेको दाङ प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए।