घुससहित भक्तपुरका नापी सर्भेक्षक पक्राउ
काठमाडौं : नापी कार्यालय भक्तपुरका नापी सर्भेक्षक ८ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक सिद्धराज जोशीलाई घुससहित पक्राउ गरेको हो।
जग्गाको हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्ड नापजाँच गर्ने क्रममा सेवाग्राहीसँग ८ हजार घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
भक्तपुर नगरपालिका ९ स्थित लुम्बिनी एण्ड भोजनालयबाट घुससहित नियन्त्रणमा लिएका जोशीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।