नेपाल आइडलमय बन्यो बुटवल

नेपाल आइडलमय बन्यो बुटवल

रुपन्देही : नेपाल आइडलको तेस्रो संस्करणअन्तर्गत शुक्रबार बुटवलमा अडिसन भएको छ। मुलुककै सबै भन्दा ठूलो टेलिभिजन गायन रियालिटी सो नेपाल आइडल सिजन ३ मा भाग लिन आएका प्रतियोगिहरू कारण अडिसन स्थल लुम्बिनी बोर्डिङ स्कुल संगितमय बनेको थियो।विद्यालयको बरण्डामा वारको पार निर्णायकका फोटासहित नेपाल आइडलको व्यानर झुण्डाइएको थियो। सांगीतिक क्षेत्रमा भविश्य बनिहाल्छ कि भन्ने आशामा ठूलो संख्यामा प्रतियोगितहरू अडिसनस्थलमा जम्मा भएका थिए।

 अडिसनका लागि लाइनमा बसेकी बुटवलकी आकृती पन्थीले विद्यार्थी उमेरमा गीत गाउने गरेको सुनाइन्। ‘स्कुल लाइफमा नेपाली हिन्दी गीतहरू खुब गाउँथे। अहिले पनि बेला बेला गुनगुनाइरहन्छु’, उनले भनिन् ‘एकपटक दिइहालौं भइपो हाल्छ की।’रुपन्देही र आसपासका जिल्लाबाट मात्र नभइ अडिसनमा भाग लिन टाढा जिल्लाबाट समेत बुटवल आएका थिए। स्याङजा वालिङका उदयराज डुम्रे अडिसनकै दिन सय किलोमिटर भन्दा बढी यात्रा गरेर बुटवल झरेका हुन्। ‘बाटोमा आउँदै गर्दा बसमा पनि गित गुनगुनाइ रहें’, उनले भने, ‘नेपाल आइडल भनेपछि प्रतिस्पर्धा त साह्रै कडा हुन्छ। अन्तर्राष्ट्रिय रुपमा पनि ब्राण्ड बनेको कार्यक्रम हो। सक्दो प्रयास गर्छु।’

प्रदेश नम्बर ४ को स्याङजाबाट मात्र नभइ अरु प्रदेशबाट पनि गायनमा रुची राख्नेहरू बुटवल आइपुगेका थिए। प्रदेश ३ को चितवनबाट आएकी सुजता कार्की पनि प्रतियोगिको लाइनमा भेटिइन। उनले आफू मात्र नभइ समूह नै बनाएर प्रतिभा देखाउन आएको बताइन्। ‘८ जना साथीहरू आएका हौं’, सुजताले भनिन्, ‘छनोट भएपनि नभएपनि जजहरूको अगाडी परेपछि आफ्नो सुधार गर्नुपर्ने पक्षबारे थाहा हुन्छ। अर्को पटकलाई अझै आँट बढेर आउँछ।’

चितवनबाट आएको अर्को समूह अडिसन स्थलको विद्यालयको कक्षाकोठामा थियो। कक्षा कोठाको एकातर्फ एक्लै बसेर माया रिमाल गीत गुनगुनाइ रहेकी थिइन। ‘अभ्यास गर्दै गर्नुपर्‍र्यो नि’, उनले भनिन्, ‘सानैदेखि गीत गाउने मेरो रुचि हो। कलेजमा पनि गाइरहन्छु। अहिले संगीतको कक्षा पनि लिइरहेकी छु।’

माया ५ जनाको समूहसहित चितवनबाट बुटवल आएकी हुन्। कक्षा कोठामै अर्कोतर्फ एउटा समूह अन्ताक्षरी खेली रहेका थिए। उनीहरूले सामूहिक अभ्यास गरिरहेका थिए।
किशोर उमेरका विद्यार्थी मात्र नभइ कुनै पेशामा आवद्ध भइसकेकालाई पनि नेपाल आइडलको अडिसनले तानेको थियो। जुम्ला घर भइ बुटवल बस्ने राजन थापा पेशाले सिभिल इन्जिनियर हुन्। ‘गीत गाउनु मेरो शोख हो। आफ्नो पेशासँगै संगीतलाई पनि अगाडि बढाउँ भनेर आएको हो’, उनले भने ‘यहाँबाट छनोट भएँ भने अघि बढिने नै भयो। छनोटनभए पनि सांगीतलाई निरन्तरता नै दिन्छु। आगामी प्रतियोगितामा पनि प्रयास जारी राख्छु।’

प्रतियोगिताका निर्णायकहरू बेला बेलामा बाहिर निस्कदा प्रतियोगी तथा माहोल हेर्न आएकाहरू फोटो खिच्न झुम्मिन्थे। नेपाल आइडलका निर्णायकहरूले तेस्रो संस्करणसम्म आउँदा प्रतियोगितामा भाग लिन आउनेको संख्या र उत्साह बढिरहेको बताएका छन्। ‘पहिलो संस्करणमा त यो फ्रेन्चाइज सो हो कि होइन भन्नेमै कतिपयलाई शंका थियो।’

निर्णायक कालीप्रसाद बास्कोटाले भने ‘दुईवटा सिजन सफल भएपछि अहिलेको तेस्रोमा झन् उत्साहित देखेको छु मैले।’ नेपाल आइडलकै लागि भनेर लामो समय मेहनत गरेकाहरू पनि भेटेको उनले बताए।

अर्का निर्णायक न्हयु बज्रचार्यले नेपाल आइडलका कारण स्वदेशी च्यानलले टेलिभिजन दर्शकलाई आकर्षित गरेको बताए। ‘भारतलगायत बाहिरका कार्यक्रम उच्च प्रविधिमा ठूलो खर्च गरेर बनाउँछन्। तर हाम्रो कार्यक्रमको ठूलो संख्याले हेरेका पाएका छौं’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.