गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा जर्मन कम्पनी म्युनिखलाई

गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा जर्मन कम्पनी म्युनिखलाई

काठमाडौं : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनी कम्पनी म्युनिखलाई दिने भएको तयारी गरिएको छ। रूपन्देहीको भैरहवामा निर्माण भइरहेको यो विमानस्थल आगामी डिसेम्बरभित्रै निर्माण पूरा हुनेछ।

तयारी पूरा गरेर त्यसको तीन महिना (मार्च) भित्रै सुरु गराउने योजना रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार पत्रकारलाई जानकारी गराए। उनका अनुसार यो दुई देशका सरकार–सरकार (जीटूजी)मा मोडलमा सञ्चालन गरिनेछ। यो विमानस्थल सञ्चालन गर्न म्युनिखले ठोस प्रस्ताव दिएको छ। 

यो कम्पनीको प्रस्ताव उपयुक्त भएकाले यसैलाई विमानस्थल व्यवस्थापनको जिम्मा दिने विषययमा छलफल भइरहेको जानकारी उनले दिए। मन्त्री भट्टराइले म्युनिखको प्रस्तावमा निकै नजिक पुगेर छलफल भइसकेकाले अब औपचारिक निर्णय गरेर अगाडि जानमात्रै बाँकी छ। छिट्टै निर्णय गरिने जानकारी पनि मन्त्री भट्टराईले दिए।

म्युनिख विमानस्थलको प्रस्तावलाई पर्यटन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने संयोजकत्वको एक टोलीले विस्तृत अध्ययन गरेको छ। टोलीले अध्ययन गरेको र म्युनिखसँगको छलफल पनि अगाडि बढाएकाले प्रस्ताव उपयुक्त ठहर गरेर मन्त्रीसमक्ष पेस गर्नेछ। मन्त्रीले प्रस्तावलाई मन्त्रिपरिषद् लगेर निर्णय गराएपछि औपचारिक रूपमा नै म्युनिखसँग सम्झौता हुन सक्ने जानकारी पर्यटन मन्त्रालयका एक अधिकारीले दिए।

म्युनिखको प्रस्ताव उपयुक्त भएकाले यसैलाई विमानस्थल व्यवस्थापनको जिम्मा दिने विषयमा छलफल भइरहेको छ।

न्त्रिपरिषद्को गत जेठ १६ गतेको बैठकले ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो र व्यावसायिक सञ्चालनका लागि जीटूजीमा सम्झौता गर्ने कार्य अगाडि बढाउन स्वीकृति दिएको थियो। उक्त निर्णयअनुसार निर्माण अन्तिम चरणमा पुगेको यो विमानस्थल सञ्चालन गर्न विदेशी मुलुकसँग सम्झौता गरेर सञ्चालन गर्न दिनुपर्नेछ।

यो विमानस्थल सञ्चालनसँगै विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने कार्यक्रम घोषणा गरिनेछ। लुम्बिनी आउने बुद्धिष्ट पर्यटकलाई ध्यान दिँदै जापान, कोरिया, थाइल्यान्ड, बर्मा, श्रीलंकासहितका देशबाट उडान आग्रह गरिनेछ। यी देशबाट आउने वायुसेवालाई सरकारले छुट दिएर नेपाल उडानमा आकर्षित गर्नेछ। यसका लागि सरकारले छिट्टै विशेष सुविधा तथा नयाँ आउने वायुसेवाले दिने छुटको घोषणा गर्नेछ।

भ्रमण वर्ष लक्षित साताव्यापी कार्यक्रम

भ्रमण वर्षको शुुभारम्भसँगै साताव्यापी कार्यक्रम सञ्चालन हुनेछ। केन्द्रदेखि प्रदेश तहसम्मको कार्यक्रम गरिनेछ। पर्यटन वर्षको पहिलो दिन देशभित्र भव्य कार्यक्रम गरिनेछ। अन्तर्राष्ट्रिय कूटनीतिक नियोगसहतिमा एक सातापछि कार्यक्रम गरिने पनि मन्त्री भट्टराईले बताए। हालसम्मको तयारीअनुसार विदेशी राष्टप्रमुखसम्मलाई बोलाएर कार्यक्रम गरी नेपाल प्रवद्र्धन गरिनेछ।

भ्रमण वर्ष लक्षित गन्तव्य बजार खोजिने र त्यसै लागि बढी प्रवद्र्धन कार्यक्रम हुने छ। यसका लागि प्रमुख १० गन्तव्य छान्ने र आवश्यकता अनुसारको प्रवद्र्धन हुने भएको छ।

मन्त्री भट्टराईका अनुसार त्रिभुवन विमानस्थलको सुधार गर्नेदेखि भ्रमण वर्ष लक्षित पर्यटन पूर्वाधारमा पनि जोड दिइने भएको छ। त्रिभुवन विमानस्थललाई सन् २०२० को जनावरीदेखि हुन लागेको बुटिक पनि भ्रमण वर्षकै निम्ति हो। उनका अनुसार हाल ४५ लाख अन्तर्राष्ट्रिय पर्यटक पुगिसकेको यो विमानस्थको पूर्णक्षमता ८० लाखसम्म हो। अझै ३० लाख विदेशी यात्रु बढाएर पर्यटक बढाउँदै जान सकिन्छ। यसका लागि विमानस्थललाई अहिलेको कम चाप भएको समयमा तथा राति आउने विदेशी वायुसेवालाई दृष्टिगत गरेर सेवा सुविधा दिइने पनि उनको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.