मुस्ताङमा कृषि मेला (तस्बिर)

मुस्ताङमा कृषि मेला (तस्बिर)

जोमसोम : हिमालपारीको जिल्ला मुस्ताङको जोमसोममा आइतबार वृहत कृषि मेला प्रर्दशनी भएको छ । ४९ औं थाक खेलकुद च्याम्पियन रनिङसिल्ड प्रतियोगिताको अवसरमा घरपझोङ गाउँपालिकाले कृषि मेला प्रदर्शनी आयोजना गरेको हो ।

कृषि मेला प्रर्दशनीमा मुस्ताङका ३ स्थानीय तहका १ सय ५९ जना कृषकले सहभागिता जनाएको कृषि मेला प्रर्दशनी व्यवस्थापन समितिका सचिव आइतप्रसाद थकालीले जानकारी दिए । 

गाउँपालिकाले प्रतियोगिताका रुपमा मेला आयोजना गरेको तुलाचनले बताए । उनका अनुसार कृषि मेलामा स्थानीय किसानले उत्पादन गरेका फलफूल तथा तरकारी , मसलाबाली तथा अन्यवाली गरी ९ औं विधामा कृषि उपजको प्रर्दशनी भएको हो ।

प्रर्दशनीमा फलफूलतर्फ मुस्ताङको मुख्य उत्पादन स्याउबाली तथा अन्यबाली फलफूलबाली , आलु बाली , दाल बाली ,विविध बाली, लहरे बाली र तरकारी बालीलगायतको प्रर्दशनी भएको सचिव थकालीले जानकारी दिए ।

यसअघि कृषि मेला प्रर्दशनीको मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले उद्घाटन गरे । सांसद थकालीले मुस्ताङको स्थानीय उत्पादनको बजारिकण तथा यसको प्रवर्द्धनमा जोड दिने बताए । 

उनले मुस्ताङ जिल्ला कृषि तथा पशुपालन व्यवसायको प्रचुर संम्भावना भएकाले खेर गइरहेका खाली जमिनमा सामुदायिक खेति गर्न पहल गर्ने जनाए । कृषि व्यवसायले नै आर्थिक समृद्धी दरिलो हुने उल्लेख गर्दै यहाँको पर्यावरणीय नेचर संरक्षणमा समेत योगदान पुग्ने बताए ।

कार्यक्रम सांसदहरु, ५ वटै स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीको उपस्थिति रह्यो। कृषि मेलामा सहभागी उत्कृष्ट किसानलाई मंगलबार पुरस्कृत गरिने घरपझोङ गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.