बल्ल आइपुग्यो औषधि

बल्ल आइपुग्यो औषधि

जाजरकोट : दुई महिनायता औषधिविहीन जाजरकोट जिल्ला अस्पतालमा बल्ल औषधि आइपुगेको छ। अस्पतालमा औषधि नै नरहेका समाचार प्रकाशित भएपछि जाजरकोटका प्रदेश सांसद गणेशप्रसाद सिंह र कृष्णा शाहको पहलमा औषधि ल्याइएको हो।

जिल्ला अस्पतालमा शुक्रबार औषधि पुगेपछि स्थानीय खुसी भएका छन्। यसअघि अस्पतालमा सरकारले निःशुल्क उपलब्ध गराउने सामान्य औषधिसमेत उपलब्ध थिएन। लामो समयदेखि औषधि अभाव हुँदा उपचारमा समस्या भएको थियो। दिनहुँ भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकीलगायतका बिरामीको चाप बढ्दै गए पनि अस्पतालबाट बिरामी रित्तै फर्किन बाध्य थिए। अस्पतालले नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिनासम्म पनि औषधि नकिन्दा समस्या भएको हो।

सिटामोल, आइरन चक्की, ब्रुफिन, रेनिटिडाइन, मेट्रोलगायतका ३५ प्रकारका अत्यावश्यक औषधि ल्याइएको जिल्ला अस्पताल प्रमुख डा. केशर कार्कीले बताए। औषधि अभावबारे सञ्चारमाध्यममा आएपछि सम्बन्धित निकायमा औषधि आपूर्तिको पहल गरिएको उनले बताए। आगामी दिनमा औषधि अभाव हुन नदिने जाजरकोटका सांसदहरूको प्रतिबद्धता छ।

औषधि नहुँदा अस्पतालको फार्मेसी फाँटका कर्मचारीसमेत घाम तापेर बस्थे। अस्पतालमा स्थायी लेखापाल नहुँदा समयमै औषधि खरिद गर्न झन्झट भइरहेको डा. कार्कीले बताए। कोष तथा लेखा नियन्त्रकको कार्यालयले तलब खुवाउन काजमा लेखापाल पठाएका लेखापालसमेत जाँदैनन्। यसअघि औषधि नहुँदा बिरामीको उपचार गर्न नपाएका स्वास्थ्यकर्मीले लेखापाल नहुँदा साउनदेखि तलबभत्ता खान नपाएको गुनासो गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.