चोरेको ट्याक्टर बिक्री गर्न जाँदा पक्राउ

चोरेको ट्याक्टर बिक्री गर्न जाँदा पक्राउ

परासी : ट्याक्टर चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका-१ सहुवाटिकरका जीतेन्द्र मिश्र रहेको जिल्ला प्रहरी प्रवक्ता नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।

मिश्रले गत भदौ ३१ गते सुनवल नगरपालिका-१२ हरकट्टाकी सुमित्रा यादवको लु २ त ३२१४ नं. को ट्याक्टर घरबाटै चोरी गरेका थिए । ट्याक्टर चोरीपछि मिश्रले सीमावर्ती भारतीय बजारमा १ लाख नेपालीमा बिक्री गर्ने योजना बनाएका थिए ।

बिक्रीका लागि लग्दै गरेको अवस्थामा पाल्हीनन्दन गाउँपालिकाको महेशपुर चोकबाट आइतबार साँझ ट्याक्टरसहित मिश्रलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई चोरी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको छ ।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.