पूर्वी नवलपरासीमा २ दुर्घटना : ६ जनाको मृत्यु, १६ घाइते

पूर्वी नवलपरासीमा २ दुर्घटना : ६ जनाको मृत्यु, १६ घाइते

परासी : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । १६ जना घाइते छन् । नारायणढ–बुटवल सडक खण्डको कावासोती नगरपालिकाको खरकट्टा जंगलमा गएराति कार र ट्रक ठोक्किदा ५ जनाको मृत्यु भएको छ । मृतक सबै कारमा सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।   

दुर्घटनामा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ का दीपक वि.क., वडा नं. ५ का डिलबहादुर ढेंगा मगर र कैलालीको  धनगढी घर भएका सुरज राना मगर रहेको प्रहरीले जनाएको छ । अन्यको सनाखत हुन सकेको छैन । 

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकसँग कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको  बा २१ च ६४०९ नम्बरको कार ठोकिएर दुर्घटना भएको हो। 

दुर्घटनाको समयमा हावाहुरीसहित पानी परेको थियो । तीव्र गतिमा रहेको कारले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोकिएर दुर्घटना भएको प्रहरी निरीक्षक अधिकारीले बताए । कार पूर्ण रुपमा क्षतिग्रस्त भएकाले शव निकाल्न दुई घण्टा लागेको अधिकारीका जानकारी दिए ।  

त्यसैगरी मध्यविन्दुनगरपालिकाको अरुणखोला जंगलमा गएराति भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दाङबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको यात्रुबहाक बस सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा बसका चालक मकवानपुर हेटौडाका ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

 दुर्घटनामा घाइते १६ जनाको नवलपुर, कालीगण्डकी र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये केहीको  अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.