नवलपरासी दुर्घटनामा ज्यान गुमाउने ५ जनाको सनाखत

नवलपरासी दुर्घटनामा ज्यान गुमाउने ५ जनाको सनाखत

नवलपुर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा ५ जनाको ज्यान जाने गरी भएको दुर्घटना तीव्र गतिका कारण भएको पाइएको छ ।  बुटवल-नारायणगढ सडकमा पर्ने कावासोतीको खरकट्टा जंगलमा सोमबार राति ट्रकसँग ठक्कर खाँदा कारमा सवार सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीकाअनुसार हावाहुरीसहित पानी परेको समयमा कार तीव्र गतिमा थियो । कारले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्‍किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकसँग विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोकिएको हो । दुर्घटनामा परेको कार पूर्णरुपमा कुचिएकाले भित्र च्यापिएका शव निकाल्न करिब २ घण्टा समय लागेको प्रहरी निरीक्षक अधिकारीले बताए । 

>>>पूर्वी नवलपरासीमा २ दुर्घटना : ६ जनाको मृत्यु, १६ घाइते

दुर्घटनामा पर्ने सबै पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका हुन् । उनीहरुको उमेर २० देखि ३५ वर्षका छन् । मृत्यु हुनेमा देवचुली नगरपालिका-१ का दीपक भनिने पूर्णबहादुर विक, सोही ठाउँ घरभई धनगढी बस्दै आएका सुरज राना मगर,  ५ का डिलबहादुर ढेंगा मगर, १० का दीपेश राना र सोही ठाउँका हिरा राना छन् । दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बस पल्टिँदा १ को मृत्यु,२३ घाइते

पूर्वी नवलपरासी मध्यविन्दुनगरपालिकाको अरुणखोला जंगलमा सोमबार राति भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक मकवानपुर हेटौडाका ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । 

दुर्घटनामा १६ जना घाइते भएका छन् । त्यस्तै सुर्खेतबाट काडमाण्डौं तर्फजाँदै गरेको ना ४ ख ९५१० को यात्रुबहाक बस मंगलबार बिहान चोरमारा-अरुणखोला सडकको ४० किलो भन्ने स्थानमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

घाइते भएकामध्ये अधिकांश उपचारपछि घर फर्केको र केहीको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.