ताप्लेजुङमा सरकारविरुद्ध कांग्रेसको खबरदारीसभा
ताप्लेजुङ : कांग्रेस ताप्लेजुङले भ्रष्टाचार र मुल्यवृद्धिविरुद्ध खबरदारीसभा गरेको छ । सभामा मंगलबार कांग्रेस नेताहरुले वर्तमान सरकार भ्रष्टाचारलाईं संस्थागत गर्न उद्दत रहेको भन्दै आरोप लगाए । सदरमुकाम फुङलिङमा दोस्रो राष्ट्रिय जागरण अभियानको समीक्षा सभा र र्यालीको आयोजना गरेको छ।
कांग्रेस जिल्ला सभापति लिलादेवी बोखिमले स्थानीय सरकारले लगाएको कर घटाउन माग गरिन् । नेकपा सरकारले केन्द्रदेखि स्थानीय तहसम्मै ढाड सेक्नेगरी कर लगाएको भन्दै उनले यसलाई नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिइन् ।