म्यान पावर व्यवसायीको चुनावमा लोकतान्त्रिक प्यानल विजयी

म्यान पावर व्यवसायीको चुनावमा लोकतान्त्रिक प्यानल विजयी

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि चएको निर्वाचनमा लोकतान्त्रिक समूहको प्यानलले जित हात पारेको छ । नेपाली काङ्ग्रेस निकट लोकतान्त्रिक समूहका बिष्णुप्रसाद गैरेको प्यानल विजयी भएको हो । अध्यक्ष गैरे ३३० मत ल्याएर विजय हुँदा उनका प्रतिस्पर्धी प्रगतिशील समूहका  सरोजकुमार पोखरेलले २८२ मत ल्याए ।  

मंगलबार भएको २७औं साधारणसभाका क्रममा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा लोकतान्त्रिक समूहले बाजी मारेको हो । लोकतान्त्रिक समूहले संघको इतिहासमै पहिलो पटक प्यानल नै जित हँसिल गरेको हो ।  संघको नेतृत्वका लागि मंगलबार सम्पन्न चुनावमा ६५८ मतदाता रहेपनि ६२१ जनाले मतदान गरेका थिए ।

संघको प्रथम उपाध्यक्षमा कमल तामाङ ,  दितीय उपाध्यक्षमा  किशोरकुमार के.सी, तृतीय उपाध्यक्षमा विजयी भएका छन्।

त्यस्तैगरी महासचिवमा  सुजित श्रेष्ठ,  सचिवमा निलकमल मेघनाथ भुर्तेल  र कोषाध्यक्षमा  इन्दिरा गुरुङ  विजयी भएकी छिन् । कोषाध्यक्ष इन्दिरा गुरुङ सबैभन्दा बढी १६८ मतान्तरले विजयी भएकी छिन्।

संघको सदस्य पदमा कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, लक्ष्मण पौडेल विजयी भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.