भारतीय लाइसेन्सलाई नेपाली बनाउने अधिकृतसहित ४ विरुद्ध मुद्दा
काठमाडौं : यातायात व्यवस्था कार्यालय जगाती भक्तपुरका दुई अधिकृतसहित चारजनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले रकम लेनदेन गरी भारतीय सवारीचालक अनुमतिपत्र नेपालीकरण गराउने कार्यमा संलग्न अधिकृतद्वय अनोजकुमार घिमिरे, कोमलराज निरौला, नायब सुब्बा हेमकुमार बस्नेतसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गएको हो ।
उनीहरुले सुन्दर अधिकारीको भारतीय अनुमतिपत्र नेपालीकरण गरेको पाइएको अख्तियारको दाबी छ । उनीहरुले नक्कली अनुमपतिपत्र र दुतावासको नक्कली सिफारिसको आधारमा अधिकारीको नेपाली अनुमतिपत्र तयार गरिदिएका थिए ।
यातायतका ३ कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन बमोजिम १ वर्षसम्म कैद र ५० हजारसम्मको जरिवानाको सजाय मागदाबी गरिएको छ । भारतीय नक्कली अनुमतिपत्रलाई सक्कली नेपाली बनाउने अधिकारीविरुद्ध उजुरीको आधारमा मुद्दा चलाइएको हो।