लागूऔषधको ‘ट्रान्जिट’ बन्दै दाङ

लागूऔषधको ‘ट्रान्जिट’ बन्दै दाङ

दाङ : रोल्पा गंगादेव गाउँपालिका—४ का २१ वर्षीय गणेश वली असोज १ गते साढे ८ केजी चरेससहित घोराहीबाट पक्राउ परे। उनीसँगै २७ वर्षीय भूपेन्द्र थापा, ४० वर्षीय अमृत थापा पनि चरेससहित समातिए।

तीनै जनालाई दाङ प्रहरीले घोराही उपमहानगरपालिका १९ बाट पक्राउ गरेको हो। उनीहरूले लागूऔषध ओसारपसारका लागि प्रयोग गर्दै आएको रा३प ४५५९ नम्बरको मोटसाइकल पनि प्रहरीले नियन्त्रणमा लियो। प्रहरीले भदौ २२ मा तुलसीपुर उपमहागरपालिका–१८ मज्गैंको पत्रेखोलाबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका—९ का २६ वर्षीय तसौवर खानलाई १० ग्राम २१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गर्‍यो। भदौ २४ गते तुलसीपुर उपमहानगरपालिका–८ बाट १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित तुलसीपुर—५ की माइली भनिने विमला नेपाली, २४० मिलिग्राम ब्राउनसुगरसहित तुलसीपुरकै मानबहादुर बिक र २२० मिलिग्राम ब्राउनसुगरसहित २८ वर्षीय दिपककुमार वली पक्राउ परे।

भदौ २६ मा प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा तुलसीपुर–६ का २३ वर्षीय विपिन भनिने विक्रमजंग मल्ललाई पक्राउ गर्‍यो। पक्राउ परेका मल्लको साथबाट ४ ग्राम १० मिलिग्राम ब्राउनसुगर भेटियो। भदौ २८ मा घोराही–१४ मा बस्दै आएकी बिरामाया पुनले लुकाइराखेको ३ केजी ३ सय ग्राम सेतो अफिमसहित २२ वर्षीया नवीना रोका पनि पक्राउ परिन्।

यी त लागूऔषध कारोबार र ओसारपसारका केही उदाहरण मात्रै हुन्। दाङमा दैनिकजसो लागूऔषध कारोवारी पक्रिने क्रम भइरहेको छ। १० वर्षको अवधिमा दाङका ४ सय ५ केजी लागूऔषध बरामद भएको छ। जसमा सबैभन्दा बढी चरेस र गाँजा रहेको छ। ब्राउनसुगर पनि धेरै बरामद भएको छ। यी घटना र तथ्यांकलाई हेर्दा दाङ लागू औषधको ट्रान्जिट भएको देखिन्छ। प्रहरी प्रवक्ता विनोदविक्रम शाहले जिल्लामा लागूऔषधको उत्पादन नभए पनि केन्द्र बनेको बताए। उनले पछिल्लो १० दिनमा मात्रै ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पछिल्लो समय दाङ लागूऔषध कारोबारीहरूको अखडा बन्दै गएको उदाहरणहरूले पुष्टि गरेका छन्। पहाडी जिल्ला सल्यान, रुकुम, रोल्पा, प्यूठानबाट सहज रूपमा लागूऔषध दाङ भित्र्याउन सकिने र यहाँबाट यसको कारोबार गर्न सहज हुने भएकाले कारोबारीले ट्रान्जिटकै रूपमा उपयोग गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। लागूऔषध ओसारपसारमा ट्रान्जिट प्वाइन्टको रूपमा लिएको दाङमा ठूलो मात्रामा अफिम, ब्राउन सुगर, चरेस गाँजालगायत बरामद गर्ने गरेको प्रहरीले जनाएको छ।

विशेषगरी रुकुम, रोल्पाहुँदै दाङ भित्रिएको लागूऔषध नेपालगञ्ज हुँदै भारतसम्म कारोबार हुने गरेको प्रहरी प्रवक्ता शाह बताउँछन्। ‘झुक्याउँदै भारतसम्म ओसारपसार हुने गरेको हामीले पाएका छौं’, दाङका डीएसपी शाहले भने, ‘लागूऔषधको अवस्था डरलाग्दो छ। उनका अनुसार लागूऔषध कारोवारीका रूपमा समातिएकाहरू विपन्न र श्रमिक छन्।

जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको लागूऔषध बरामदसम्बन्धी अभिलेखमा १० वर्षमा २८० लागूऔषध कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसमा प्रयोगकर्ताहरू ३४ छन् भने १० वर्षको अवधिमा ४ सय ५ केजी लागूऔषध बरामद गरिएको छ। १ सय ४५ जनाविरुद्ध मुद्दा दर्ता भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.