छाडा चौपाय व्यवस्थापनमा नगरपालिकाको बेवास्ता

छाडा चौपाय व्यवस्थापनमा नगरपालिकाको बेवास्ता

परासी : बजार क्षेत्रमा रहेका छाडा चौपाय व्यवस्थापन गर्न नगरपालिकाले बेवास्ता गर्दा समस्या उत्पन्न भएको छ । छाडा चौपायाका कारण सवारी दुर्घटनाको संभावना बढ्दै गएको छ भने पैदलयात्रीहरुलाई समेत आवतजावतमा समस्या उत्पन्न भएको छ । 

महिना दिनअघिदेखि सदरमुकाम परासी र वरपरका क्षेत्रमा छाडा चौपायको संख्या बढ्दै गए पनि रामग्राम नगरपालिकाले त्यसको व्यवस्थापन गर्न कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । छाडा चौपायले बालीनालीमा नोक्सानी पुर्‍याउन थालेपछि किसानहरु चिन्तित हुन थालेका छन् । खेतमा बालीनाली खाने चौपायलाई धपाए पनि पुनः फर्केर नोक्सानी पुर्‍याउने गरेको रामग्राम नगरपालिकाका किसान रामकिसुन गुप्ताले बताए । छाडा चौपाय व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहको भए पनि बेवास्ता गर्दा चौपायको संख्या दिनप्रतिदिन बढ्दो छ । 

सीमावर्ती भारतीय क्षेत्रबाट लखेटिएका र केही नेपाली किसानहरुले छाडेका चौपायहरु त्यसरी आउने गरेको स्थानीयको भनाइ छ । एक स्थानमा रहेका ठूलो संख्याका चौपायहरुलाई केही व्यक्तिले एकीकृत गरी बजार क्षेत्रको जंगलमा छाडिदिने र ती चौपायहरु बजार क्षेत्रमा आउने गरेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए । 

  
नगर क्षेत्रमा अहिले २ सय बढी छाडा चौपाय रहेको नगरपालिकाको अनुमान छ । यी चौपायहरु सडकको बीचमै बस्ने गरेका कारण सवारी आगमनमा समेत अवरोध हुने गरेको छ । केही दुर्घटना छाडा चौपायकै कारण हुने गरेको पाइएको छ । नगरपालिका र प्रशासनको समन्वयमा छाडा चौपाय व्यवस्थापन गर्नका लागि पहल भइरहेको नगर प्रमुख गुप्ताले बताए ।  
 
‘बजारमा देखिएका छाडा चौपायले समस्या पारेको छ । त्यसको व्यवस्थापनका लागि गौशाला र चरन क्षेत्रको खोजी गरिरहेका छौं’, गुप्ताले भने । दुध दिने बेलासम्म गाई पाल्ने र त्यसपछि छाड्ने प्रवृत्ति र काम गर्न नसक्ने भएपछि गोरुहरुलाई बेवारिसे गरेर छाड्ने प्रवृत्तिले सडकमा त्यसको संख्या बढ्दै गएको नगरपालिकाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.