हाईअल्टिच्युडले फ्रान्सेली पर्यटकको निधन
जोमसोम : हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङतर्फ जाँदै गरेका एक फ्रान्सेली पर्यटकको हाईअल्टिच्युडका कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
बुधबार जोमसोमबाट लोमान्थाङ पैदलयात्रा गर्ने क्रममा ४५ वर्षीय फ्रान्सेली नागरिक जेनमार्ट डेलीचार्डको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकार घनश्याम गौतमले जानकारी दिए ।
हाईअल्टिच्यडका कारण मृत्यु भएका जेनमार्टको शव जोमसोम अस्पतालमा ल्याई बुधबार बिहानै सिम्रिक एयर हेलीकोप्टर मार्फत काठमाडौं लगिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए ।