गोदावरीमा माइस हल

गोदावरीमा माइस हल

काठमाडौं : नेपालमा व्यापारिक प्रयोजनमा प्रयोग हुने गरी सभा–सम्मेलन–गोष्ठी वा अन्तरक्रिया (माइस) पर्यटन हल बन्ने भएको छ। सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले आगामी पाँच महिनाभित्रै सभाहल बनाउन प्रक्रिया अगाडि बढाएको छ।

विभागका महानिर्देशक मणिराम गेलालले व्यापारिक प्रयोजनका निम्ति तीन हजार क्षमताको नेपालकै पहिलो सभाहल बनाउने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए। अब निर्माण कम्पनी छनोट गर्ने तयारीमा छौं। कम्पनी छनोट गरेर सम्झौता गरेको पाँच महिनामा नै यस्तो सभाहल निर्माण भइसक्नेछ।

सभाहल बनाउन विभागले दु्रत मार्गबाट प्रक्रिया अगाडि बढाएको छ। सरकारले जतिसक्दो छिटो सभाहल बनाइसक्न दिएको निर्देशनअनुसार विभागले प्रक्रिया अगाडि बढाएको छ। विभागको विशेष भवन निर्माण इकाइले अगाडि बढाएको ठूला पूर्वाधार निर्माण अन्तर्गत यो भवन बनाउन लागेको हो। विभागका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) प्रक्रिर्ण तुलाधरका अनुसार आगामी सोमबारसम्म इच्छुक कम्पनीमार्फत आवेदन माग गरिएको छ। आवेदन दिएका कम्पनीको छनोट गरेर तुरुन्तै सभाहल निर्माणको जिम्मा दिइनेछ। करिब ७२ करोड

रुपैयाँमा बन्ने सभाहल स्थायी प्रकृतिको हुनेछ। आरसीसी पिलरसहित छाना भएको र ब्लकसहतिको हुनेछ। तीन हजार क्षमताको एउटा मुख्य र ठूलो सभाहल हुनेछ। यस्तो सभाहलसँगै अन्य दुईवटा साना हल पनि हुनेछन्।

मुख्य हलबाट बाहिर निष्कन मिल्ने र साना हालमा छुट्टै कार्यक्रम गर्न मिल्ने गरी बहुउद्देस्यीय हल बन्नेछ। साना हाल करिब तीन सय क्षमताका हुनेछन्। हलसँगै भीभीआईपी बस्ने एक हल, सवारी पार्किङ तथा आवतजावतमा व्यवस्थित हुने गरी हलको डिजाइन भएको छ। गोदावरी नगरपालिका– ५ को ‘क’ एक सय १२ रोपनी क्षेत्रफलमा बन्ने यस्तो हल व्यापारिक प्रयोगमा लगाइनेछ। हल निर्माण हुने तय भए पनि यसको सञ्चालन मोडालिटी भने तय गर्ने बाँकी रहेको विभागले जानकारी दिएको छ।

यो हल निर्माण भए पनि नेपालकै व्यापारिक माइस पर्यटनको हल बन्नेछ। जहाँ साना सभासम्मेलदेखि ठूलो कार्यक्रम आयोजना गर्न पनि सहज हुनेछ। हाल नेपालमा ठूला सभाहल नहुँदा माइस पर्यटनको प्रवद्र्धन नभएको पर्यटन व्यवासायीको गुनासो छ। यो हलपछि पर्यटन क्षेत्रको आवश्यकता पूरा हुनेछ। यसपछि निजी क्षेत्रका विभिन्न संघसंस्थासहितले माइस पर्यटनको आयोजना गर्न सक्नेछ।

अन्तर्राष्ट्रिय पाहुना बोलाएर गर्ने राष्ट्रिय स्तरको कार्यक्रम, कूटनैतिक नियोगसहितको सभासम्मेलन गर्न यो हलले सहयोग पुर्‍याउने विभागका इन्जिनियर तुलाधरले बताए। उनका अनुसार हाल यस्तो सभाहल नहुँदा चाहेर पनि ठूलो सम्मेलन हुन सकेको छैन। अस्थायी संरचनामा हुने कुनै कार्यक्रमको निम्ति पनि व्यवस्थापन नै चुनौतीपूर्ण हुँदै आएको छ। यो हल जुनसुकै क्षेत्रले पनि यसलाई प्रयोग गर्न सक्नेछन्। बानेश्वरमा रहेको १२ सय ५० जना क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन हल संसद् भवन बनेकाले कुनै पनि ठूला सम्मेलन हुन सकेका छैनन्।

अहिले कुनै पनि सभासम्मेलन गर्न करिब नौ सय क्षमताको प्रज्ञा भवन, एक हजार क्षमतासम्मको राष्ट्रिय नाचघर र पाँच सय क्षमताको राष्ट्रिय सभागृहलाई प्रयोग गरिँदै आएको छ। यी हलले पनि आवश्यकता पूरा गर्न सकेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.