मुस्ताङबाट बाहिरिन थाले भेडा–च्याङ्ग्रा

मुस्ताङबाट बाहिरिन थाले भेडा–च्याङ्ग्रा

जोमसोम : दसैंलाई लक्ष्य गर्दै मुस्ताङमा भेडा–च्यांग्राको व्यापार सुरु भएको छ। विभिन्न जिल्लाका व्यापारी हिमालपारीको जिल्ला मुस्ताङको जोमसोममा जम्मा भएका छन्।

कास्की, म्याग्दी, स्याङ्जा, तनहु र पर्वतलगायत जिल्लाबाट व्यापारी जोमसोम ओइरिन थालेका हुन्। पछिल्लो समय जोमसोम–कोरला यातायात सडक सञ्जाल सहज भएकाले कतिपय व्यापारी उपल्लो मुस्ताङसम्म पुगेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। दसैंअघि १६ श्राद्ध तिथी परेकाले वारागुङ मुक्ति क्षेत्रको कागबेनी तीर्थधाम श्राद्ध गर्ने तिर्थालुसँगै भेडा–च्यांग्रा व्यापारीको जोमसोममा रौनक बढेको हो।

जोमसोमका स्थानीय होटेल व्यावासायिका खोरमा हुलिएका भेडा/च्यांग्राको स्थानीय व्यापारी र जिल्ला बाहिरका व्यापारीबीच मोलतोलको दृष्य देखिन्छ। यसवर्ष साविक वर्षभन्दा कम भेडा–च्यांग्रा जोमसोम झरेको म्याग्दी रघुगंगा गाउँपालिका २ का व्यापारी धुब्र खत्री बताउँछन्। उनका अनुसार यसपटक कोरलानाका हुँदै जोमसोममा भेडा–च्यांग्रा कम झरेकाले च्यांग्राको मूल्य आकासिएको जानकारी दिए। खत्री भन्छन्,‘ बिगत २६ वर्षदेखि बर्सेनि च्यांग्राको व्यापार गर्दै आइरहेको छु। जोमसोममै भेडा–च्यांग्रा महँगो भएको छ।’ खत्रीका अनुसार मंगलबारसम्म करिब १३ हजार भेडा–च्यांग्रा जिल्ला बाहिरिएका छन्।

यस्तै ,म्याग्दी बेनी नगरपालिका–१० का टेकबहादुर पाइजा पनि दसंैका लागि च्यांग्रा खरिद गर्न मुस्ताङ आएका छन्। उनले च्यांग्राको भाउ मुस्ताङमै आकासिएको बताए। विगत सात वर्ष अघिदेखि च्यांग्रा व्यापार थालेकाका पाइजाले स्थानीय मुस्ताङका स्थानीय व्यापारी र डोल्पाबाट च्यांग्रा जोमसोम झरेको उल्लेख गरे। तिब्बतबाट भेडा–च्यांग्रा कम भित्रिएकाले जोमसोममा च्यांग्र्राको मूल्य बढेको जनाए।

गत वर्ष मुस्ताङबाट १८ हजार भेडा–च्यांग्रा जिल्ला बाहिरिएका थिए। यसपटक भने गतवर्षभन्दा २० प्रतिशत कम च्यांग्रा जिल्ला बाहिरिने संकेत देखिएको छ। मुस्ताङको जोमसोम भित्रिएका र मुस्ताङबाट बाहिरिने भेडा–च्यांग्रा निकासीमा चरिचरनका नाममा स्थानीय कर लिने गरेको डोल्पाका भेडा–च्यांग्रा व्यापारी काजी बुढाले जानकारी दिए। स्थानीय तहले मनोमानीरूपमा कर लिने गरेकाले महँगोमा बिक्री गर्नु परेको बताए। मुस्ताङको जोमसोममा भित्रिने च्यांग्रालाई स्थानीय प्रशासनले अनिवार्य भेटनरी परीक्षण गर्न लगाएको छ।

वरिष्ठ पशु चिकित्सक डा.लक्ष्मण ढकालले मुस्ताङबाट बाहिरिने च्यांग्राको पशु भेटनरी परीक्षण गर्नुपर्ने बताए। सर्वसाधारणको स्वास्थ्यका लागि पशु मेडिकल परीक्षण आवश्यक भएको जनाए। चिकित्सक ढकालका अनुसार यसवर्ष खाद्य संस्थानले मुस्ताङबाट दुई हजार च्यांग्रा खरिद भएको छ। खाद्यले गतवर्ष मुस्ताङबाट एक हजार च्यांग्रा खरिद गरेको थियो। पशु चिकित्सक ढकालका अनुसार मुस्ताङबाट जिउँदो च्यांग्रा पाँच सय ६० र गोठाला खर्च दुई सय २५ जोडेर आठ सय २५ मा बिक्री गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.