मुस्ताङमा पर्यटन दिवस : म्युजिकल चियरमा पर्यटकको छमछमी (भिडियो)

मुस्ताङमा पर्यटन दिवस : म्युजिकल चियरमा पर्यटकको छमछमी (भिडियो)

 जोमसोम : 'पर्यटन र पेशा, सबैका लागि समुन्‍त भविष्य' उद्‍घोससहित हिमालपारीको जिल्ला मुस्ताङमा शुक्रबार ४० औं विश्व पर्यटन दिवस मनाइएको छ । दिवसका अवसरमा मुस्ताङ आएका विदेशी तथा आन्तरिक पर्यटकलाई भव्य स्वागत गरिएको छ।

यसअघि सरकारले घोषणा गरेको 'भिजिट नेपाल २०२०' लाई लक्षित गर्दै घरपझोङ गाउँपालिका तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो। 

पर्यटन दिवसलाई घरपझोङ-३ पुथाङ आमा समूहले सहकार्य गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए । पर्यटन दिवसकै अवसरमा विदेशी पर्यटकले म्युजिकल चियर खेलेर मनोरञ्जन लिए। खेलमा पर्यटक गाइड छोईसाङ तामाङ प्रथम भए। उनलाई जिसस उप-प्रमुख राजेन्द्र शेरचनले मेडल हस्तान्तर गरे ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले ३ दिने मुस्ताङ फोटो प्रर्दशनीको सुभारम्भ गरेको छ । मुस्ताङ जिल्ला भित्र रहेका ऐतिहांसिक धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको बृहत फोटो प्रर्दशनीमा समावेश गरिएको छ ।

एक्याप जोमसोमले संकलित फोटो र विभिन्न संघसंस्था तथा व्यक्तिहरुले कैद गरेका तस्बिर प्रर्दशनीमा राखिएको एक्याप जोमसोमकी वन रेञ्जर धनु गुरुङले जानकारी दिइन् । उनका अनुसार पहिलो दिनको उद्‍घाटन फोटो प्रर्दशनीमा करिब २ सय बढी पर्यटकले फोटो ग्यालरी अवलोकन गरेको उल्लेख गरिन् ।

फोटो प्रर्दशनीमा मुस्ताङ विभिन्न व्यवसायी तथा संघसंस्थाको सहभागी भएको वन रेञ्जर गुरुङले जनाइन् । प्रर्दशनी गरिएको तस्बिरमा धार्मिक संस्कृति, तालतलैया, हिमाल, चौरी याक, वन्यजन्तु र प्राकृतिक नेचरको तस्बिर राखिएको गुरुङको भनाई छ ।

यसअघि ३ दिने मुस्ताङ बृहत फोटो प्रर्दशनीको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख राजेन्द्र शेरचनले उद्घाटन गरे। उपप्रमुख शेरचनले धार्मिक तथा पर्यटकीय जिल्लाको प्राकृतिक नेचर पुरातात्विक संरचनाको संरक्षण गर्न आवश्यक भएको बताए ।

'मुस्ताङ जिल्लाको आर्थिक धरोहर पर्यटन हो । पर्यटन विकासका लागि सरोकारवालाको पनि दायित्व छ । सडक विस्तार र आधुनिक भवनले पहिचान मेटिने संकट देखिँदै छ। पर्यटकको चाहना अनुसार सम्पदा संरक्षणमा जोड दिऔं,' उपप्रमुख शेरचनले भने।

उनले मुस्ताङ जिल्ला नेपालकै शान्तिपूर्ण जिल्ला भएकाले पर्यटक र तिर्थालुको अहित हुने कार्य गर्न नसक्ने दावी गरे । सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले सरकारले घोषणा गरेको नेपाल भूमण वर्षलाई विश्व पर्यटन दिवसको कार्यक्रमले सघाउ पुर्‍याउने दावी गरे । 

कार्यक्रममा एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले मुस्ताङको पर्यटन विकासमा अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापको विशेष भूमिका रहेको बताए । एक्यापले मुस्ताङ जिल्ला प्राकृतिक, जैविक, वन्यजन्तुहरुको संरक्षण र विकासमा योगदान दिएको दाहालले जनाए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.