अखिल क्रान्तिकारी नवलपरासी जिल्ला अध्यक्षसहित तीन पक्राउ

अखिल क्रान्तिकारी नवलपरासी जिल्ला अध्यक्षसहित तीन पक्राउ

परासी : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको अखिल क्रान्तिकारी विद्यार्थी संगठनकी पश्चिम नवलपरासी जिल्ला अध्यक्ष शारदा भण्डारीसहित ३ जना पक्राउ परेका छन्। भण्डारीसँगै रुकुम पश्चिम सानीभेटी गाउँपालिका- ९ का नैनसिंह खड्का र कैलाली लम्कीचुवा नगरपालिका-१ का वीरेन्द्र विक पक्राउ परेको नवलपरासीका प्रहरी प्रवक्ता  नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। 

विद्यार्थीहरुको सम्मेलनमा भाग लिन सुनवलको रमवापुरमा पुगेका उनीहरुलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो। कपिलवस्तु शिवराज नगरपालिका-१ चनौटा घर भएकी जिल्ला अध्यक्ष भण्डारीलाई संगठनले केही महिना अघि जिल्ला अध्यक्षको जिम्मेवारी दिएपछि उनी सुनवलको कीर्तिपुरमा बस्दै आएकी थिइन्। भण्डारी यसअघि बासाबसहीबाट पक्राउ परेकी थिइन्। 

७२ दिन थुनामा बसेकी भण्डारी १० दिन पहिले सर्वोच्च अदालतको आदेशमा रिहा भएकी हुन्। जिल्ला प्रहरी कार्यालय पुर्या‍इएका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   

 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.