विप्लवका गाउँपालिका इन्चार्जले गरे पार्टी परित्याग

विप्लवका गाउँपालिका इन्चार्जले गरे पार्टी परित्याग

डडेल्धुरा : डडेल्धुरामा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका आलिताल गाउँपालिका इन्चार्जले रिहा भएका छन्।

रिहा हुनेमा जिल्लाको आलिताल गाउँपालिका-१ तोलीका ४० वर्षीय ‘आलोक’ भनिने खेमबहादुर बोहरा रहेका छन्।

भदौ ३१ मंगबालर प्रहरीको टोलीले उनलाई जिल्ला सदरमुकामबाट पक्राउ गरेको हो ।  पक्राउ परेका उनीमाथि सार्वजनिक शान्तिविरुद्धको मुद्दा जिल्ला प्रशासनमा दर्ता गरिएको थियो। शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट ८ हजार धरौटीमा उनी छुटेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

रिहा भएलगत्तै नेकपा परित्याग
रिहा भएलगत्तै उनले सरकारद्वारा प्रतिबन्धित नेकपा परित्याग गरेका छन्। शुक्रबार एक विज्ञाप्ति जारी गर्दै उनले विप्लव नेतृत्वको पार्टी परित्याग गरेका हुन्।

‘नेपाल कम्युनिस्ट पार्टीमा सहभागी भई काम गर्दै आएकोमा हाल नेपाल सरकारले सो पार्टीलाई प्रतिबन्ध लगाएको अवस्थामा सो पार्टीले बोकेको सिद्धान्तसमेत मलाई मन नपरेकाले सो पार्टीको कुनै पनि किसिमको जिम्मेवारीमा नरहने गरी सो पार्टी परित्याग गरिएको जानकारी गराउँदछौं’, उनले विज्ञप्तिमा लेखेका छन्, ‘साथै अब उप्रान्त कानुन विपरीत वा राज्यले प्रतिबन्ध लगाएका कुनै पनि किसिमको हिंसात्मक गतिविधिमा संलग्न नहुने र स्वतन्त्रपूर्वक जीवनयापन गर्ने कुरासमेत अवगत गराउँदछौँ।’ 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.