खेत जोगाउँदा बस्ती जोखिममा

खेत जोगाउँदा बस्ती जोखिममा

उदयपुर : त्रियुगा नदीको कारण उदयपु त्रियुगा नगरपालिका-६ को ५ सय बढी घर विस्थापितको खतरामा छ। त्रिनपा ६ र ७ को सीमा क्षेत्र त्रियुगा नदीमा एकतर्फी बाँध लगाउँदा झण्डै ५ बिघा खेतीयोग्य जमिनका साथै ५ सय घर परिवार उच्च जोखिमको खतरामा परेका हुन्। 

जलउत्पन्न प्रकोप केन्द्रबाट अघिल्लो आर्थिक वर्षमा आएको २ करोड बजेट बस्ती जोगाउनभन्दा पनि पहुँचका आधारमा व्यक्तिको जग्गा संरक्षणमा खर्च हुँदा वोजे, राजदेवी टोल, मोहनपुर र जलजले आसपास क्षेत्रका ५ सय परिवार विस्थापितको संघारमा पुगेका हुन्। 
    

त्रियुगा नदी केहि वर्षयता धार परिवर्तन गरी बस्तीतिर सोझिँदा झण्डै ५० परिवार विस्थापित भइ अन्यत्र सरिसकेका छन्। २ बिघा खेतका धनी उद्धव राउत नदीले सबै जग्गा कटान गरेको कारण विस्थापित भइ चुरिया सामुदायिक वनको शरणमा पुगेका छन्।
    
राउत मात्र हैन, ३/३ बिघा जमिन भएका पर्शुराम थापा, टेकनारायण चौधरी, १ बिघा जमिन भएका जगतबहादुर खड्का, पदमबहादुर कार्की, कृष्णबहादुर कार्की, भानुभक्त काफ्ले लगायतका ५० घरपरिवार विस्थापित भएको स्थानीय युवा सुवास राउतले बताए।
    
उनले नदी नियन्त्रणका लागि आएको बजेट बस्ती जोगाउनुको साटो गलत ठाउँ नदी उकास र व्यक्तिका जग्गा संरक्षणमा खर्च भएको आरोप लगाए। उनले भने, ‘ऐलानी जग्गा हडप्ने दाउँमा बस्तीलाई वेवास्ता गरी ऐलानी, नदी उकास जग्गा संरक्षण गरियो जसले गर्दा ठुलो संख्यामा घरपरिवार विस्थापित र खेतीयोग्य जग्गा बगरमा परिणत हुने खतरा बढ्यो। 
    
‘बस्तीभन्दा पारिको भागमा बाँध बाँधिएको छ', स्थानीय मिना पोखरेलले भनिन्, ‘पारिबाट बग्ने पानी पनि बस्तीतिर आयो।' उनले भएको डेढ बिघा जमिन नदी कटानमा परेको सुनाइन्। पोखरेलेको मात्र हैन स्थानीय दुर्गा महरा, गम्बरसेर बिक, टिका राउत, डम्बरबहादुर खड्का, पदमबहादुर विष्ट लगायत १५ परिवारको करिव १० बिघा जमिन असार २८ गते अविरल वर्षासँगै त्रियुगा नदीमा आएको बाढीले बगाएको उमेश खड्काले बताए। 
    
उनले भने, ‘वडा नं ६ र ७ को सीमा क्षेत्र बोजेमा तटबन्धन नगर्ने हो भने, बोजे, मोहनपुर मात्र हैन जिल्लाकै चौथो व्यापारिक केन्द्र जलजले बजार उच्च जोखिममा रहेको छ। जलजले आसपासको क्षेत्रमा मात्रै करिव ३ सय बिघा खेतीयोग्य जमिन जोखिममा छ। जुन माथिबाट नदी पस्नसाथ बगाउने खतरमा रहेको उनको भनाइ छ। बस्ती र खेतीयोग्य जमिन जोगाउनका लागि स्थानीय आफैँले सामान्य बाँध बाँधेका छन्। 
    
नदीले उदयपुर सिमेन्ट उद्योगको खानी क्षेत्रको सडक, पुल मात्र नभइ रोपवेको टावरमासमेत क्षति पुग्ने स्थानीयको भनाइ छ। त्रियुगा नदीमा कालिखोला, सहरे, अधेँरी, छौडिया, पुवाँरे, चुनिया, भोर्ले लगायतका सहायक खोला मिसिने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.