९ सहसचिवको सरुवा

९ सहसचिवको सरुवा

काठमाडौं : सरकारले ९ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो।

संघीय सरकारले प्रदेश नं २ बाट ३ जना सहसचिवलाई काठमाडौं ल्याएको छ। उनीहरूको संवैधानिक आयोग तथा मन्त्रालयहरूमा सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव ज्ञानेन्द्र पौडेलको सरुवा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा भएको छ। यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक ध्रुव घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन्।

यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ। प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत किशोरजंग कार्कीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ल्याइएको छ।

राष्ट्रिय दलित आयोगमा कार्यरत सहसचिव प्रल्हादप्रसाद सापकोटालाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ। यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सहसचिव राजकुमार श्रेष्ठको सरुवा निर्वाचन आयोगमा भएको छ।

प्रदेश नं २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका नवराज काफ्लेलाई वन तथा वातावरण मन्त्रालयमा ल्याइएको छ। यही प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत पुष्करनाथ घिमिरेलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ल्याइएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सहसचिव पद्मकुमार मैनालीको सरुवा सहरी विकास मन्त्रालयमा भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.