तस्करी रोक्न सीमा सुरक्षामा कडाई

तस्करी रोक्न सीमा सुरक्षामा कडाई

मलंगवा : नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै प्रहरी प्रशासनले सीमा सुरक्षाको चेकजाँचमा कडाई गरेको छ ।  जिल्लाको विभिन्न नाकाहुँदै चाडपर्वको समयमा तस्करी बढ्दै गएपछि प्रहरीले सीमापारिबाट आउने र सीमापारि जाने सवारी साधनको चेकजाँचमा कडाई गरेको छ ।

तस्करले प्रहरी प्रशासनलाई छलेर भारतबाट नेपाल र नेपालबाट भारततर्फ सामान तस्करी गर्न थालेपछि देखाएपछि प्रहरीले प्रशासनले चेकजाँचमा कडाई गरेका छन्। चाडपर्वको समयमा बढी तस्करी हुनेभएपछि चेकजाँच कडाई गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
 

जिल्लाको विभिन्न नाकामा अहिले सादा पोशाकमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए। ५१ किलोमिटर लामो सीमामा १४ स्थानमा नेपाल प्रहरीले चेकपोष्ट खडा गरेको छ । सशस्त्रले ६ स्थानमा चेक प्वाइन्ट बनाएर सुरक्षा दिँदै आएको प्रहरीले उपरीक्षक भट्टराईले जानकारी दिए।

चाडपर्वको समयमा राजमार्ग छेउछाउमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि विशेष सुरक्षा गस्ती परिचालन गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए । त्यसैगरी कालोबजारी रोक्नका लागि नियमित अनुगमन समेत गरिने थालेको छ। औषधि पसल, तरकारी बजार र किराना पसलमा विशेष अनुगमन हुँदै आएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.