एकैसाथ १० होमस्टे सञ्चालन

एकैसाथ १० होमस्टे सञ्चालन

फिदिम : विश्व पर्यटन दिवसको अवसर पारेर पाँचथरमा एकैसाथ १० ओटा होमस्टेको उद्घाटन गरिएको छ। फिदिम नगरपालिका २ र ३ मा पर्ने लालिखर्क र बतासेमा होमस्टे सञ्चालनमा ल्याइएको हो।

लालिखर्क बतासे सामुदायिक होमस्टेले आयोजना गरेको कार्यक्रममा वन, वातावरण तथा पर्यटन विकास समिति संयोजक सीता थेवेले होमस्टे उद्घाटन गरेकी हुन्। एग्रो होमस्टे टुरिजम विकास गर्ने उद्देश्यले होमस्टे सञ्चालन गरिएको संस्थाका अध्यक्ष टंक राईले बताए। ‘पर्यटकलाई स्थानीय उत्पादनको स्वाद चखाएर न्यानो स्वागत गर्न होमस्टे सञ्चालनमा ल्याइएको हो’, राईले भने ‘यसले गर्दा स्थानीयस्तरमा उत्पादन गरिएका कृषि उपजले बजारको अभाव झेल्नु नपर्ने भएको छ।’

१० ओटा होमस्टेमा ७० जना पर्यटकलाई राख्न सक्ने क्षमता छ। पर्यटकलाई अर्गानिक पद्धतीबाट उत्पादन गरिएका परिकार मात्र खुवाउने सचिवचन्द्र योङ्याले जानकारी दिए। ‘पर्यटकलाई शान्त वातावरणमा राख्ने हाम्रो लक्ष्य हो’, योङ्याले भने, ‘उनीहरूलाई स्वास्थ्यवद्र्धक खानेकुरा खुवाउनु हाम्रो पहिलो कर्तव्य हो।’ यहाँ आउने पर्यटकलाई सादा खाने प्रतिछाक एक सय २० रुपैयाँ र मासुको परिकार भए दुई सय ५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ। त्यस्तै गरी बास बस्न प्रतिव्यक्ति एक सय ५० रुपैयाँ निर्धारण गरिएको हो।

होमस्टे सञ्चालनका लागि फिदिम नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको हो। प्रदेश सरकारले होमस्टे सञ्चालन गर्न सात दिनको तालिम दिएको बताइएको छ। मेची पहाडी पर्यटन बोर्डले मौरीपालनसम्बन्धी तालिम दिएको राईले बताए। ‘होमस्टेमा आउने पर्यटकलाई मौरीको शुद्ध मह खुवाउनेसमेत व्यवस्था छ’, राईले भने, ‘महका लागि होमस्टेमै मौरी पनि पालिएको छ।’

पर्यटकलाई स्थानीय जातका झाँकीले स्वागत गर्ने व्यवस्था गरिएको छ। ‘राई बस्ती भएकाले साकेला नाचले पर्यटकलाई स्वागत गर्ने तयारी गरेका छौं’, होमस्टे सञ्चालक सारिका राईले भनिन्, ‘अन्य जातजातीको झाँकीले पनि स्वागत गर्ने तयारी गरिहरेका छौँ।’ मेची राजमार्गको आसपासमा होमस्टे सञ्चालन गरिएको हो।

पाथिभरा, तिम्बुपोखरीलगायत चर्चित पर्यटकीय क्षेत्रमा जान पर्यटकले यो मार्ग प्रयोग गर्छन्। यो क्षेत्रबाट राष्ट्रिय विभूति फाल्गुनन्दको तपोभूमि र समाधिस्थल भएको लबे्रकुटी र सिटौली पनि नजिकै छ। यहाँबाट फिदिम बजार पनि नजिकै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.