हवाई फायर गरी लागुऔषध तस्कर पक्राउ

हवाई फायर गरी लागुऔषध तस्कर पक्राउ

रुकुम : करिब पाँच किलो लागुऔषध अफिमसहित रुकुम पश्चिम प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्लाको बाँफिकोट गाउँपालिका-७ नदुवाबाट ४ किलो ९ सय ग्राम लागुऔषध अफिमसहित सानीभेरी गाउँपालिका-५ गोलचौरका ३२ वर्षीय रन्जीत खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।  

मंगलबार राति बाँफिकोट गाउँपालिका-७ मा रहेको नवज्योती आधारभूत विद्यालय नजिकै अफिम बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । 

अवैध लागूऔषध ओसारपसार तथा खरिद बिक्री भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरिएको उनले बताए । खत्रीलाई पक्राउ गर्न खोज्दा भाग्न थालेपछि एक राउण्ड हवाइ फायर गर्नुपरेको डिएसपी खड्काले बताए ।

उनको सातबाट स्प्रिङ तराजु एक थान र मोबाइल एक थान नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । पक्राउ परेका खत्रीलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको थियो । उनी विरुद्ध लागुऔषध ओसारपसार सम्बन्धि मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.