मानेभञ्ज्याङ गोल्डकपको उपाधी झापा ११ लाई

मानेभञ्ज्याङ गोल्डकपको उपाधी झापा ११ लाई

मानेभञ्याङ : बेटी पढाउ, बेटी बचाउ भन्ने नारासहित सिमावर्ती भारतको मानेभञ्ज्याङमा भदौ २९ देखि सुरु भएको पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण मानेभञ्ज्याङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधी झापा ११ले हात पारेको छ ।  

भारतको १०७ टिए र नेपालको झापा ११ बीच बुधबार भएको खेलमा झापाली टिएलाई ३-० को अन्तरले पराजीत गर्दै उपाधी हात पारेको हो ।  खेलको पहिलो हार्फमा कुनै गोल नभएपछि निक्कै आक्रमका बनेको झापाको तर्फबाट संजोग राईले खेलको ४३ मिनेटमा पहिलो गोल गरेका थिए । 

त्यसलगतै झापाकै रिजन माझिले ४७ मिनेटमा र निसान्तराईले ५० मिनेटमा गोल गरेर झापालाई  उपाधी दिलाएका हुन् । मानेभञ्ज्याङ फुटबल क्लबको आयोजना हुन लागेको प्रतियोगितामा  २२ वटा टीमको सहभागीता रहेको आयोजक समितिका सचिव चन्दन प्रधानले  बताए । 

गान्धी जयन्तीको अवसर पारेर सुरु भएको  प्रतियोगितामा नेपालका ६ टिम सहित भुटान र भारतका विभिन्न क्लबका टिमहरुको सहभागीता रहेको आयोजक समितिका अध्यक्ष टासी छिरिङ भोटीयाले बताए । 

मानेभञ्ज्याङको खेलमैदानमा भएको प्रतियोगिताको विजेताले ३ लाख २० हजार, उप विजेताले १ लाख ६० हजार र तेस्रो हुनेलाई ४० हजार नगद पाएका छन् । पछिल्लो समयमा नेपाल र भारतमा बालबालीका जोखिममा परेको भन्दै सर्वत्र चिन्ता बढिरहेको समयमा उनीहरुको संरक्षणका लागि जनमत तयार गर्न फुटबलको आयोजना गरेको अध्यक्ष भोटीयाले बताए ।

प्रतियोगिता हुने स्थान भारत भएपनि अधिकांश नेपाली मुलका बासीन्दा बसोबास गर्दछन् । नेपालको तरकारीमा भरपर्ने भारतीय बजार मानेभञ्याङले नेपालीलाई दैनिक उपभोग्य वस्तु आपूर्ति गर्ने गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.