शुभकामना दिन प्रधानमन्त्री गृहनगरमा
झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका छन्। हरेक वर्ष झापाको विर्तामोडमा आयोजना हुँदै आएको शुभकामना आदान प्रदान कार्यक्रम यष वर्ष प्रधानमन्त्रीकै गृहनगर झापाको दमकमा हुन लागेको हो।
सोमबार १० बजे झापा आएर प्रधानमन्त्री ओली सिधै दमकको कस्मिक पार्टी प्यालेसमा जाने र शुभकामना आदान प्रदान कार्यक्रम सकेर फेरि भद्रपुर विमानस्थल हुँदै ४ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको नेकपा झापाका जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिए।
प्रधानमन्त्री ओलीले २०५१ सालदेखि निरन्तर बडादसैंका अवसरमा झापामा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएका छन्। आज झापामा शुभकामना आदान प्रदान बाहेकका कुनै पनि कार्यक्रम छैनन्। कार्यक्रमको व्यवस्थापन नेकपा झापाले गर्नेछ।