तिब्बती शरणार्थी निगरानीमा

तिब्बती शरणार्थी निगरानीमा

ललितपुर : चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण अवधिभर महानगरीय प्रहरी परिसर जाउलाखेलले तिब्बती शरणार्थीमाथि उच्च निगरानी गर्ने भएको छ। परिसरले मंगलबार भ्रमण अवधिमा अवाञ्छित गतिविधि गर्न सक्ने आशंकामा पाँच तिब्बती शरणार्थीलाई पक्राउ गरेको थियो।

सोधपुछपछि उनीहरूलाई छाडिएको परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए। एकान्तकुनास्थित शिविरमा बसोबास गरिरहेको शरणार्थीमाथि सुरक्षा निगरानी प्रहरीले गर्नेछ।

‘राष्ट्रपति सी को भ्रमण अवधिभर कुनै अप्रिय गतिविधि नहोस भनेर उनीहरूमाथि सुरक्षा निगरानी गरिएको हो’, राईले अन्नपूर्णसँग भने, ‘भ्रमणभर सुरक्षा व्यवस्था कडा गर्नेछौं।’

भीभीआईपीले जता पनि भ्रमणको इच्छा व्यक्त गर्नसक्ने भएकाले ललितपुरमा पनि सुरक्षा तयारी चुस्त बनाइएको राईले बताए। ‘कुनै पनि बेला आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै तयारी गरिएको छ’, उनले भने।

ललितपुरमा ६ सय तिब्बती शरणर्थी बस्छन्। ०६८ पछि उनीहरूको दर्ता नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

ललितपुर प्रशासनको तथ्यांक अनुसार ०५५ सम्म १३ सय ९३ जनाले एकान्तकुनास्थित तिब्बती शरणार्थी शिविरबाट शरणार्थी कार्ड लिएका थिए। प्रत्येक वर्षको चैत्र महिनामा शरणार्थी कार्ड नविकरण गर्न सीडीयो कार्यालयमा आउनुपर्ने व्यवस्था थियो तर अहिले शिविर रहेको महानगरको वडा १३ नम्बरले तथ्यांक राख्न थालेको छ। महानगरको वडा कार्यालयले आफूसँग एकिन तथ्यांक नभएको जनाएको छ।

एकान्तकुनास्थित शिविरका सल्लाहकार केपी मास्केले शिविरमा चार सय मानिस बसोबास गरिरहे पनि शिविर बाहिर अन्य मानिस बस्दै आएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.