नेपाल-चीन व्यापार मेला

नेपाल-चीन व्यापार मेला

मुस्ताङ : सुरक्षाका कारण स्थगित कोरला व्यापार मेला शुक्रबार सुरु भएको छ। प्रत्येक वर्ष असार र भदौ महिनामा सञ्चालन हुने मेला यसपटक चिनियाँ पक्षले स्थगन गरेको थियो। मुस्ताङको उत्तरी कोरलानाकास्थित चिनियाँ पठार भूमिमा चिनियाँ पक्षले सदियौंदेखि व्यापार मेला सञ्चालन गर्दै आइरहेको छ। यस वर्षको पहिलो व्यापार मेला असारमा भए पनि भदौको हुन सकेको थिएन। चिनियाँ पक्षले मेला स्थगन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दा चिन्तित बनेका थिए।

यसअघि स्थगन भएको व्यापार मेला पुनः सञ्चालन गर्न चिनियाँ पक्ष र नेपाल पक्षबीच लोमान्थाङमा वार्ता भएको थियो। चिनियाँ पक्षले माथिको आदेश भन्दै त्यतिबेला व्यापार मेला स्थगित गरेको थियो। वार्तामा लोमान्थाङबासीले चिनियाँ पक्षलाई व्यापार मेला सञ्चालन गरिदिन आग्रह गरेका थिए। उनीहरूले भदौमा हुने दोस्रो व्यापार मेलामा आफूहरूले पर्याप्त आवश्यक दैनिक उपभोग्य सामान जोहो गर्ने गरेको उल्लेख गर्दै मेला आयोजना गर्न अनुरोध गरेका थिए।

असोज १० गते नेपाल पक्ष र चिनियाँ पक्षबीच तिब्बतको ढुंवासेनमा भएको १० बुँदे सहमति प्रस्तावमा व्यापार मेला पुनः सञ्चालन गर्ने र यसलाई बर्सेनि निरन्तरता दिने सम्झौता भएको हो। दुवै देशका प्रशासनिक समकक्षी सम्मिलित बैठकले असोज २४ गते दोस्रो व्यापार मेलाको मिति तोकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार उक्त सहमतिकै आधारमा मेला सुरु भएको जानकारी दिए। उनले भने, ‘ हामीले व्यापार मेला सञ्चालन गर्न अनुरोध गर्‍यांै। उनीहरूले सहमति जनाए। यसपटक चिनियाँ पक्षले ठूला खम्पा व्यापारीलाई गुणस्तरीय उत्पादन बिक्री गर्ने जनाएका छन्।’

सीमावर्ती क्षेत्रका बासिन्दा र चिनियाँ वर्षौंदेखि एक अर्काका उत्पादन मेलास्थलमा खरिदबिक्री गरिरहेका छन्। मेलामा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीय किनमेलका लागि कोरलापास जाने गर्छन्। नेपालले पस्मिना, खाद्यान्न, जडीबुटी चिनियाँ पक्षलाई निर्यात गर्छ। यस्तै चिनियाँ पक्षले इलेक्ट्रोनिक सामान, गलैंचा, किराना सामान, निर्माण सामग्री, लत्ताकपडा र भेडा–च्यांग्रा नेपाली पक्षलाई निर्यात गर्ने गरेको छ। उपल्लो मुस्ताङका स्थानीयले बर्सेनी भदौमा हुने व्यापार मेलामा हिउँदलाई चाहिने अति आवश्यकीय सामान सञ्चित गर्ने गर्छन्।

मेलामा चिनियाँ पक्षले सीमावर्ती क्षेत्रका बासिन्दालाई व्यापारस्थल जान प्रवेसकार्ड अनिवार्य गराएको छ। यसअघि असारको अन्तरदेशीय व्यापार मेलामा इलाका प्रशासनले ८ सय जनालाई बोर्डर पास उपलब्ध गराएको थियो। मेलाका लागि २ सय ७४ जनाले मात्र बोर्डर प्रवेशकार्ड नवीकरण गरेका थिए। २ महिना अघि भएको कोरला अन्तरदेशीय व्यापार मेलामा ७ लाख राजस्व संकलन भएको थियो। नेपाली पक्षले मेलास्थलबाट सवारीसाधन खरिद गर्न रोक लगाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.